काठमाडौं ।
ह्वाट्सएपले ‘स्क्याम अलर्ट’ नामक नयाँ फिचर ल्याउँदैछ। यसले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी ठगीका प्रयास पहिचान गर्ने र प्रयोगकर्ता ठगीमा पर्नुअघि चेतावनी दिनेछ।
यो प्रणालीले सञ्चारमा देखिने शंकास्पद गतिविधिको ढाँचा विश्लेषण गरी ठगीसँग सम्बन्धित हुन सक्ने सन्देश वा कुराकानी पहिचान गर्नेछ।
टेलिग्राफका अनुसार यो फिचरको उद्देश्य प्रयोगकर्ताको सुरक्षा बढाउनुका साथै अनलाइन ठगी पहिचान गर्न सहज बनाउनु हो। विशेषगरी प्रयोगकर्तालाई पैसा पठाउन, व्यक्तिगत जानकारी उपलब्ध गराउन वा शंकास्पद लिंकमा क्लिक गर्न उक्साउने ठगीका प्रयास पहिचान गर्न यसले सहयोग गर्नेछ।
ह्वाट्सएपले ठगी नियन्त्रणका लागि लगातार नयाँ सुरक्षा उपाय थप्दै आएको छ। एआईको प्रयोगले शंकास्पद गतिविधि पहिचान गर्ने प्रक्रिया अझ छिटो हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १ भाद्र २०८३, सोमबार