बेटिङ्ग तथा ग्याम्बलिङ्ग वेबसाइट तथा एप्समा पहुँच नपुग्ने बनाउन दूरसञ्चार सेवा प्रदायकहरुलाई नियामकको निर्देशन

  • Technology Khabar | ३० श्रावण २०८३, शनिबार
बेटिङ्ग तथा ग्याम्बलिङ्ग वेबसाइट तथा एप्समा पहुँच नपुग्ने बनाउन दूरसञ्चार सेवा प्रदायकहरुलाई नियामकको निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले बेटिङ्ग तथा ग्याम्बलिङ्ग वेबसाइटहरु तथा एप्समा पहुँच नपुग्ने बनाउन दूरसंचार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै नेपालमा कानूनले बर्जित गरेका अनलाइन प्रविधि मार्फत संचालन हुने जुवा (Betting, Gambling etc.) लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपहरुमा पहुँच नपुग्ने व्यवस्था गर्न दूरसञ्चार सेवा प्रदायकहरुलाई भनेको हो।

“नेपालको कानूनले अनलाइन प्रविधि मार्फत संचालन हुने जुवा (Betting, Gambling etc. e.g. 1xBet), क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ्ग, बालयौनजन्य सामाग्री, अश्लिल सामाग्रीहरु लगायतको प्रकाशन/पहुँचमा रोक लगाएको हुँदा त्यस्ता गैर कानूनी वेबसाइट तथा एपहरु नेपालभित्र संचालन हुन नसक्ने तथा पहुँच पुग्न नसक्ने गरी व्यवस्था गर्न,” सूचनामा भनिएको छ, “दूरसंचार सेवा प्रदायक संस्थाहरुलाई (मोबाईल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक लगायतका कम्पनीहरु) यसै सूचना मार्फत प्राधिकरणबाट निर्देशन जारी गरिएको छ।”

निर्देशनको पालना नगर्ने दूरसञ्चार सेवा प्रदायक संस्थालाई दूरसंचार ऐन, २०५३ तथा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी समेत नियामकले दिएको छ।

प्रकाशित: ३० श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार