डेनमार्कका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले एआईको प्रयोगमा कडा नियमहरूको सामना गर्नुपर्ने

  • Technology Khabar | २५ श्रावण २०८३, सोमबार
डेनमार्कका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले एआईको प्रयोगमा कडा नियमहरूको सामना गर्नुपर्ने
फाइल तस्बि्र

काठमाडौं ।

असाइनमेन्ट र परीक्षाको समयमा हुने चिटिङ रोक्नलाई डेनमार्कका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले अर्को हप्ता विद्यालय फर्कंदा एआईको प्रयोगमा स्टिर्क नियमहरूको सामना गर्नुपर्ने भएको छ।

डेनमार्कका शिक्षा मन्त्री म्याग्नस ह्युनिकेले शैक्षिक फर्डकोलागि एआईको प्रयोगलाई नियन्त्रण गर्न तत्काल यो नियम लागू हुने उपायहरूको घोषणा गरेका छन्।

नयाँ उपायहरूमा लिखित गृहकार्यको मौखिक प्ररिक्षा असाइनमेन्ट र परीक्षामा विद्यार्थीहरूको स्क्रिन निगरानी गर्ने उपकरणहरूको प्रयोग समावेश छन्।

मन्त्रालयका अनुसार डेनमार्कका उच्च माध्यमिक विद्यालयहरूमा एआईको सहायतामा गरिने चिटिङका घटनाहरू बढिरहेका छन् जसका लागि तत्काल कदम चाल्नु आवश्यक भएको छ।

घरमै गरिने सबै लिखित परीक्षाहरूका साथमा अब मौखिक परीक्षा पनि अनिवार्य गरिने मुख्य परिवर्तनहरूमध्ये एउटा हो।

यो व्यवस्था एसएसओ परीक्षामा पनि लागू हुनेछ। यो एक अत्यन्त महत्त्वपूर्ण लिखित परीक्षा हो जसमा हरेक वर्ष करिब ९ हजार उच्च माध्यमिक विद्यार्थीहरू सहभागी हुन्छन्।

यसका साथै शैक्षिक संस्थाहरूले परीक्षाको समयमा स्क्रिन नियन्त्रण गर्न निगरानी प्रणालीहरू तथा कक्षा र परीक्षाको अवधिमा अनलाइन सामग्रीहरू फिल्टर गर्ने फायरवालहरूको प्रयोग गर्नुपर्नेछ।

तेस्रो उपाय अन्तर्गत विद्यालयहरूलाई शैक्षिक संस्थाभित्रै नियन्त्रित वातावरणमा असाइनमेन्टहरू सञ्चालन गर्न प्रोत्साहित गरिनेछ। जसले गर्दा शिक्षकहरूले विद्यार्थीको कामलाई नजिकबाट नियाल्न र सही मूल्याङ्कन गर्न सक्नेछन्।

नयाँ उपायहरू युवा पुस्ताद्वारा नयाँ प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर कायम राख्ने कुराबीच सन्तुलन कायम गर्ने डेनमार्कको प्रयासको एक हिस्सा हो।

प्रकाशित: २५ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार