ताजा समाचार

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको चेकिङ्ग। फाइल तस्बिर।
Global IME Bank

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा एक हजार २८१ सवारी चालकलाई कारबाही गरेको छ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न ट्राफिक कसुरमा ७८६ चालक कारबाहीमा परेका छन्। त्यसैगरी तीव्र गतिमा सवारी चलाउने १४३, रेड लाइट उल्लङ्घन गर्ने ६८, सिसीटिभीमार्फत ८५, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६५, लेन अनुशासन उल्लङ्घन गर्ने ४१, अवस्था ठीक नभएका सवारी ३०, वान–वे उल्लङ्घन गर्ने २२ तथा हर्नको दुरूपयोग गर्ने ४१ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार उपत्यकामा बढ्दो सवारी चापका बीच ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि दैनिक निगरानी तथा कारबाहीलाई तीव्र पारिएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक बत्तीको पालना गर्न, लेन अनुशासन कायम गर्न तथा सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ।

Sajilo Visa
easy care