काठमाडौं ।
नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि (आईटी) अधिकृत विरेन्द्र तामाङ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार भुक्तानी भइसकेपछि पनि ‘कमिसन’ नदिएको भन्दै सेवाग्राहीसँग बार्गेनिङ गर्दै दुःख–हैरानी दिएको र घुस/रिसवत मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले अनुसन्धान अघि बढाएको थियो।
उक्त सूचनापछि आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१६, बालाजुबाट तामाङलाई सेवाग्राहीबाट घुस/रिसवतबापत एक लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ।
पक्राउका क्रममा तामाङको साथबाट घुसबापत लिएको एक लाख रुपैयाँसहित स्रोत खुल्न नसकेको थप पाँच हजार रुपैयाँ पनि बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
प्रकाशित: १८ श्रावण २०८३, सोमबार