इन्टरनेटको तार काटिएपछि थापाथली क्षेत्रका बैंकलगायत सबै सेवा ठप्प

  • Technology Khabar | १३ श्रावण २०८३, बुधबार
इन्टरनेटको तार काटिएपछि थापाथली क्षेत्रका बैंकलगायत सबै सेवा ठप्प

काठमाडौं ।

थापाथलीमा इन्टरनेटको तार काटिएपछि त्यस क्षेत्रमा इन्टरनेटमा आधारित सबै सेवाहरु ठप्प भएका छन्। उक्त क्षेत्रमा गुजुल्टिएको तारमा हिजो बेलुका आगलागी भएको थियो। आज बिहान १० बजेतिर मन्त्रालय जाने क्रममा ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठले दुई घण्टासम्म बसेर उक्त क्षेत्रको निरीक्षण गरेर सेवा प्रदायकहरुसँग छलफल गरेका थिए।

त्यहाँको वस्तुस्थिति देखेपछि मन्त्री श्रेष्ठले नियामक निकाय तथा त्यहाँ उपस्थित अधिकांश इन्टरनेट सेवा प्रदायकहरु तथा इन्टरनेट सेवा प्रदायक संघ आईस्पानका सीईओ सुभास खड्कालाई तारहरु गुजुल्टिएर समस्या आउने गरेकाले तार व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

मन्त्री श्रेष्ठ आफैं उपस्थित भएर सेवा प्रदायकहरुको डार्क फाइबरसहित काट्न लगाएको र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका थिए।

नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्थाहरु, काठमाडौं महानगरपालिका लगायतसँग तार व्यवस्थापन गर्न समन्वय गर्न भनिएको छ।

सम्बन्धित समाचार

थापाथलीको पोलमा रहेका तारको गुजुल्टोमा आगो लागेपछि तार व्यवस्थापन गर्न उर्जामन्त्रीको निर्देशन

यसरी अन्धाधुन्ध तार काटिएपछि विभिन्न सेवा प्रदायकसँग सेवा लिइरहेका त्यस क्षेत्रका अधिकांश संघसंस्थाका नेटवर्क र सिस्टममा असर परेपछि सेवाहरु ठप्प भएका हुन्।

एक सेवा प्रदायकले उक्त क्षेत्रमा बैंकसहितका सेवाहरु अहिले प्रभावित भएको र सेवा ठप्प भएको जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार