काठमाडौं ।
नेपाल टेलिकमले नियमित मर्मत–सम्भार कार्यका कारण आज राति आफ्ना केही रिचार्ज सम्बन्धी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै साउन १२ गते राति १२:३० बजेदेखि करिब एक घण्टासम्म प्याकेज सब्स्क्रिप्शन, क्वेरी तथा एमपस रिचार्जसेवा प्रभावित हुन सक्नेछन्।
टेलिकमका अनुसार यी सेवाबाहेकका अन्य सेवा भने नियमित रूपमा सञ्चालन हुनेछन्।
सेवा अवरुद्ध हुने अवधिमा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै मर्मत–सम्भार कार्य सम्पन्न भएपछि प्रभावित सेवाहरू पुनः सुचारु हुने जनाएको छ।
प्रकाशित: ११ श्रावण २०८३, सोमबार