असार मसान्तसम्म ४९ अर्ब हाराहारीको साढे २२ लाख थानभन्दा बढी स्मार्टफोन आयात

  • Technology Khabar | ८ श्रावण २०८३, शुक्रबार
असार मसान्तसम्म ४९ अर्ब हाराहारीको साढे २२ लाख थानभन्दा बढी स्मार्टफोन आयात
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असार मसान्तसम्म नेपालमा ४९ अर्ब हाराहारीको २३ लाख हाराहारी थान स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ असार मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात अन्य महिनाहरुमा झैँ उल्लेख्य वृद्धि हुँदै गइरहेको पाइएको हो।

असार मसान्तसम्म समग्रमा ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।

यस अवधिमा सरकारले स्मार्टफोनको आयातबाट ९ अर्ब ८२ करोड ३९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा यो अवधिमा ६८ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएको छ।

यसैगरी भारतबाट १० अर्ब ९९ करोड ६ लाख ८४ हजार रुपैयाँ बराबरको ३ लाख ६४ हजार ८४२ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसबाहेक विश्वका नाम नखुलेको सहित अन्य ६६ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु भित्रिएका छन् जसमध्ये ३ अंकमाथि आयात भएका शीर्ष १० कारोबार तलको तालिकामा देखाइएको छ:

क्रं स देश विवरण (थान) रकम (हजारमा)
चीन १८८९६६४ ३६७९२७५८
भारत ३६४८४२ १०९९०६८४
अस्ट्रेलिया २७६६ १८५८५३
कम्बोडिया १५०६ ४३८३८
जापान १५२० १२४४४५
कोरिया ८५३ ४५९५६
कतार १८३४ २६०४५
यूएई १३९४ १२९४१४
बेलायत ३०३ ३५२६५
१० अमेरिका १७८९ २२३८१५

प्रकाशित: ८ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

  • Technology Khabar
  • ८ श्रावण २०८३, शुक्रबार