सामसङले पर्सनल कम्प्युटरको लागि एआई एक्सिलेरेटर चिपमा काम गर्दै

  • Technology Khabar | २८ असार २०८३, आईतवार
सामसङले पर्सनल कम्प्युटरको लागि एआई एक्सिलेरेटर चिपमा काम गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

नयाँ रिपोर्ट अनुसार सामसङले चाँडै नै नयाँ बजारमा प्रवेश गर्ने योजना बनाएको छ। कम्पनीले पर्सनल कम्प्युटरहरूको लागि एआई एक्सेलेरेटर चिपमा काम गरिरहेको बताइएको छ। त्यसको कोडनेम ‘गैया’ रहेको र चिपले ४ एनएम प्रोशेस प्रयोग गर्ने उल्लेख गरिएको छ।

यो चिप पीसीहरूमा अझ कुशल एआई कम्प्युटिङ सक्षम पार्न अप्टिमाइज एनपीयू आर्किटेक्चरको साथ आउने छ। सामसङले यो चिपको प्रोटोटाइपहरू केही अज्ञात “प्रमुख ग्राहकहरू” लाई पहिले नै आपूर्ति गरिसकेको र कम्पनीले अर्को वर्ष चिपको बृहत उत्पादन सुरु गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

गाया विशेष रुपमा पीसी एज एआई कम्प्युटिङ र भौतिक एआई बजार (उदाहरणका लागि रोबोटहरू) लाई लक्षित गरिएको बताइएको छ। यो चिपले प्रति वाट उत्कृष्ट पर्फर्मेन्स (प्रदर्शन) प्रदान गर्ने भनिएको छ। चिपको बारेमा अन्य विवरणहरूको खुलासा नगरिएको तर आगामी महिनाहरूमा थप जानकारीहरू बाहिरिने उल्लेख गरिएको छ।

प्रकाशित: २८ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार