ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली

  • Technology Khabar | २५ असार २०८३, बिहीबार
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
ट्राफिक प्रहरीले सवारी साधन जाँच गर्दै। फाइल तस्वीर

काठमाडौं ।

बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो।-रासस

प्रकाशित: २५ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार