सामसङले ग्यालेक्सी वाच९, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी एबलको नाम पुष्टि गर्यो

  • Technology Khabar | २५ असार २०८३, बिहीबार
सामसङले ग्यालेक्सी वाच९, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी एबलको नाम पुष्टि गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले भर्खरै आफ्ना आगामी वेयरेबल डिभाइसहरूको नाम पुष्टि गरेको छ। उक्त डिभाइसहरु यो महिनाको उत्तरार्धमा लन्डनमा हुने कम्पनीको अर्को अनप्याक्ड कार्यक्रममा अनावरण गरिने अपेक्षा गरिएको छ। कम्पनीले अब ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा२ सँगै ग्यालेक्सी एबल पनि अनावरण गर्ने भएको छ।

यो डिभाइस सामसङको क्लिप–अन इयरबड्सको पहिलो जोडी हुने भन्ने हल्ला रहेको छ। साथै यो डिभाइस पहिले ग्यालेक्सी बड्स एबलको रूपमा लन्च गरिने सोचिएको थियो। अब, नामबाट “बड्स” हटाइएको छ।

यो डिभाइसले ध्वनि पुनरुत्पादन गर्न बोन कन्डक्सन प्रविधि प्रयोग गर्ने बताइएको छ र यो स्पिकरहरू भएका ग्यालेक्सी बड्स भन्दा फरक भएको उल्लेख गरिएको छ। यो सबै जानकारी ग्यालेक्सी वेयरएबल एपबाट आएको र त्यसमा पछिल्लो संस्करणमा यी आगामी डिभाइसहरू उल्लेख गर्ने कोड रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

विगतका अफवाहहरूका अनुसार ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा२ मा आफ्नो पूर्ववर्तीहरूको जस्तै डिजाइनहरू हुनेछन्। वाच९ ले सम्भवतः अझै पनि एक्सिनोस डब्ल्यू१००० चिपसेट प्रयोग गर्नेछ भने वाच अल्ट्रा२ ले नयाँ स्न्यापड्रागन वेयर एलिट एसओसी समावेश गर्नेछ। साथै डिभाइसको ओएलईडी स्क्रिनमा ५,०००–निटको अधिकतम ब्राइटनेस उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २५ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार