रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२६ मा सहभागी हुन नेपालका जुनियर  र सिनियर राष्ट्रिय टोली स्विजरल्याण्ड प्रस्थान

  • Technology Khabar | २४ असार २०८३, बुधबार
रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२६ मा सहभागी हुन नेपालका जुनियर  र सिनियर राष्ट्रिय टोली स्विजरल्याण्ड प्रस्थान

काठमाडौं ।

रोबोटिक्स एसोसिएसन अफ नेपालको नेतृत्वमा नेपालका जुनियर तथा सिनियर राष्ट्रिय रोबोटिक्स टोली संयुक्त राष्ट्रसंघअन्तर्गतको आईटीयूद्वारा आयोजना हुने AI for Good – Robotics for Good Youth Challenge 2026 को अन्तर्राष्ट्रिय फाइनलमा सहभागी हुन स्विजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। जुनियर  र सिनियर राष्ट्रिय टोलीलाई एनसेल, एसीए-एमआईटी कलेज र युना

विश्वका उत्कृष्ट युवा रोबोटिक्स टोलीहरूको सहभागिता रहने यस प्रतियोगिता ७–११ जुलाई २०२६ सम्म आयोजना हुनेछ, जहाँ नेपालले जुनियर र सिनियर दुवै विधामा प्रतिस्पर्धा गर्नेछ।

नेपालले गत वर्ष यसै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जुनियरतर्फ रजत पदक (दोस्रो स्थान) तथा सिनियरतर्फ कांस्य पदक (तेस्रो स्थान) जित्न सफल भएको थियो। यसका साथै नेपालले फ FIRST Global Challenge लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्दै विश्वमाझ आफ्नो क्षमता प्रमाणित गर्दै आएको छ।

यस वर्षको राष्ट्रिय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शनका आधारमा टोली छनोट गरिएको हो।

यस अन्तर्राष्ट्रिय यात्रामा एनसेल मुख्य प्रायोजकका रूपमा रहेको छ। त्यसैगरी युनाइटेड स्कुल शिक्षा साझेदार तथा एसीए-एमआईटी कलेजआईटी शिक्षा साझेदारका रूपमा सहयोग गरिरहेका छन्।

प्रकाशित: २४ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार