
काठमाडौं ।
काठमाडौं । ५जीको व्यवसायीक प्रयोगसँगै चीनमा ५जी स्मार्टफोनको माग पनि बढिरहेकोछ । कयौं चिनियाँ स्मार्टफोन मेकर कम्पनीहरुले अहिले ५जी चीपको लागि अर्डर गरिरहेका छन् ।
यहि बेला सामसंगले पनि आफ्नो ५जी चीपसेटको प्रबद्र्धन गरिरहेको छ ।
हालै आएको रिपोर्टअनुसार ओपो र भीभोसहित कयौं चिनियाँ कम्पनीहरुले सामसंगबाट ५जी चीप सलुसनको कयौं नमुनाहरु प्राप्त गरेका छन् । ओईएमएस कम्पनीहरुले सामसंग ५जी सलुसनको व्यापक परीक्षण गरिरहेका छन् ।
ओपो र अन्य मोबाइल फोन ब्राण्डहरुले यसअघि नै मिडिया टेकको हेलियो एम७० ५जी मोबाइल फोन सन् २०२० को पहिलो चौमासिकमा लन्च गर्ने निर्णय गरिरहेका छन् । यो घोषणा क्वालकम र सामसंग चीप खरिदभन्दा बाहिरको हो ।
दक्षिण कोरियाली कम्पनीले सन् २०१९ को पहिलो अर्ध वार्षिकमा कयौं ५जी व्यवसायीक चीप्स घोषणा गरेको थियो, जसमा एक्सनोज ५१०० मोडेम, एक्सनोज आरएफ ५५०० र पावर म्यानेजमेन्ट गर्ने चीप एक्सनोज एसएम ५८०० रहेका छन् । यी चीपसेटहरु ५जीका साथै अहिलेको प्रविधिसँग पनि कम्प्याटिबल रहेका छन् ।
सामसंगले अहिले चीनका मोबाइल फोन उत्पादकहरुबाट अर्डर लिन सक्रिय रहँदै आएको छ र प्रमाणिकरणको चरणमा रहेको बताईएको छ । ५जी व्यावसायिकरण तिब्ररुपमा अगाडि बढेको छ । सन् २०२० मा, ५जीमा आधारित ठूला स्तरका व्यावसायहरु संचालन हुनेछन् । एजेन्सी
प्रकाशित: १४ असार २०७६, शनिबार