ह्वाट्सएपले आईओएसमा ग्रीन डट अनलाइन कन्ट्याक्ट इन्डिकेटरको परीक्षण सुरु गर्यो

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
ह्वाट्सएपले आईओएसमा ग्रीन डट अनलाइन कन्ट्याक्ट इन्डिकेटरको परीक्षण सुरु गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गत महिना ह्वाट्सएपले कन्ट्याक्ट अनलाइन छ भनेर संकेत गर्ने एन्ड्रोइडमा ग्रीन डटको परीक्षण सुरु गरेको थियो। मेटा–स्वामित्वको कम्पनीले अब आईओएसमा पनि यो सुविधाको परीक्षण सुरु गरेको छ।

यो खुलासा डब्ल्यूएबीटाइन्फोका मानिसहरूबाट आएको र तिनीहरुले आईओएसको लागि व्हाट्सएपको बीटा संस्करण २६.२६.१०.७२ मा विकास देखेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आईओएसका ह्वाट्सएप बिटा प्रयोगकर्ताले एपको पछिल्लो संस्करण स्थापना गरेको भए कन्ट्याक्ट अनलाइन हुँदा प्रयोगकर्ताले “कन्ट्याक्ट इन्फो” स्क्रिनमा कन्ट्याक्टको फोटोको तल दायाँतिर एउटा सानो ग्रीन सर्कल (हरियो रङ्गको घेरा) देख्नेछ। यो सुविधाले रियल टाईम (वास्तविक समय) मा काम गर्ने भएकाले कन्ट्याक्ट अनलाइन नभएको अवस्थामा ग्रीन सर्कल गायब हुनेछ।

ह्वाट्सएपले ग्रीन डटमा पनि लास्ट सिन र अनलाइन स्ट्याटसमा जस्तै गोपनीयता नियमहरू लागू गरेका हुनालो प्रयोगकर्ताले आफ्नो लास्ट सिन र अनलाइन स्ट्याटस अन्य प्रयोगकर्ताबाट लुकाउन चयन गर्दा ग्रीन डट पनि देखिने छैन।

यो ग्रीन डट अनलाइन स्ट्याटस इन्डिकेटर सुविधा हाल एन्ड्रोइड र आईओएस दुवैमा केही बिटा प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध गराइएको छ र व्हाट्सएपले त्यसलाई सबै प्रयोगकर्ताहरूको लागि सार्वजनिक रूपमा कहिले जारी गर्नेछ भन्ने कुरा स्पष्ट छैन।

 

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार