चौबीस घण्टामा नियम विपरीत राइड शेयरिङ गरेका लगायत दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

  • Technology Khabar | २२ असार २०८३, सोमबार
चौबीस घण्टामा नियम विपरीत राइड शेयरिङ गरेका लगायत दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको चेकिङ्ग। फाइल तस्बिर।

काठमाडौं ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड शेयरिङ’ गरेका १०१, संकेत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन्।
साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन्। उक्त कारबाहीबाट १० लाख ६२ हजार रुपैयाँ असुली गरिएको छ।-रासस

प्रकाशित: २२ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार