Technology Khabar १३ असार २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । टाटा मोटर्सले आफ्नो पहिलो इललेक्ट्रिक भेहिकल बजारमा सार्वजनिक गरेको छ । कम्पनीले टाटा टिगोर इलेक्ट्रिक भेहिकल भारतमा लन्च गरेको हो । टाटा टिगोर इभीको एक्सएम र एक्सटी भेरिएन्ट उपलब्ध हुनेछ ।
टाटा टिगोर ईभी हाल फ्लीट अपरेटरहरुका लागि मात्र उपलब्ध हुनेछ भने एफएएमई सब्सिडी ती गाडिहरुलाई मात्र हुनेछ जो पब्लिक ट्रान्सपोर्टको लागि प्रयोग हुनेछ वा कमर्शियल प्रयोगका लागि दर्ता हुनेछ ।
टाटा टिगोर इभीलाई एफएएमई इण्डिया स्कीम दोस्रो फेजअन्तरगत भारत सरकारले १.६२ लाख भारु सरकारी अनुदानमा दिएको छ ।
टाटाको पहिलो अल इलेक्ट्रिक भेहिकल टिगोर इभी ह्वाइट, सिल्भर र ब्लू कलर अप्सनमा आउनेछ । यसमा बेसिक सेफ्टी इक्विपमेन्टहरु ड्यूल फ्रन्ट एयरब्याग, एबिएस, रियर पार्किंग सेन्सर, ओभर स्पीडिंग अलार्म लगायतका फीचर छन भने भारतमा जुलाई १ देखि लागू हुने नयाँ सेफ्टी फीचरहरु पनि राखिएका छन् ।
टिगोर इभीमा १६.२ किलोवाटआवरको ब्याट्री प्याक छ जसले ४१ एचपीको पावर तथा १०५ एनएमको टर्क उत्पन्न गर्दछ । टाटा टिगोर इभी स्ट्याण्डर्ड वाल सकेटमा ६ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने कम्पनीकाअनुसार डिसी १५ किलोवाट फास्ट चार्जरमार्फत केबल ९० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।
टाटा मोटर्सकाअनुसार यो कारलाई सिंगल चार्जमा १४२ किलोमिटरसम्म चलाउन सकिन्छ ।
कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकलका साथमा ब्याट्री प्याकका साथ तीन वर्षको वा १.२५ लाख किलोमिटरको वारेन्टी दिएको छ ।
भारतीय बजारमा एक्स शोरुम मूल्य क्रमशः ९.९९ भारु तथा १०.९ लाख भारु तोकिएको छ ।
प्रकाशित: १३ असार २०७६, शुक्रबार