काठमाडौं ।
एचएमडीले फिचर फोनतर्फ नोकिया मोडेलहरूको नयाँ लाइनअप प्रस्तुत गरेको छ। नोकिया २०० ४जी, २१० ४जी, २१५ ४जी सेकेण्ड एडिशन र २३५ ४जी सेकेण्ड एडिशन अन–डिभाइस एआई एसिस्टेन्टको साथ आएको छ।
यो सुविधा फोनहरूको डी–प्याडमा अगाडि र केन्द्रमा राखिएको एआई बटन मार्फत पहुँच गर्न सकिने छ।
एआई सुविधाहरू सिकी एआईबाट संचालित हुनेछन् र प्रयोगकर्ताहरूलाई तिनीहरूको आवाज मार्फत आधारभूत प्रश्नहरू सोध्नका साथै डिभाइस फङ्गसनहरू नियन्त्रण गर्न अनुमति दिनेछ।
स्पेक पृष्ठहरूका अनुसार, एआई एसिस्टेन्ट पहिलो १८० दिनको लागि निःशुल्क प्रयोग गर्न सकिनेछ भने पछि सशुल्क सदस्यता आवश्यक पर्ने बताइएको छ। साथै उक्त सदस्यता खरिद गर्नको लागि प्रयोगकर्ताहरूलाई वास्तविक स्मार्टफोन चाहिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
सबै चार नयाँ नोकिया फोनहरूले तिनीहरूको एकीकृत भिजीए क्यामराहरूसँग एक्सप्रेस च्याट भिडियो कलिङ क्षमताहरू पनि प्रदान गर्ने छन्।
नोकिया २१० ४जी र २१५ ४जीमा २.४ इन्चको क्यूभिजीए स्क्रिन रहेको छ भने २१५ र २३५ मा उही रिजोलुसन भएको २.८ इन्चको आईपीएस प्यानल समावेश गरिएको छ। नोकिया २१० ४जी र २३५ ४जीमा पछाडिको क्यामरा पनि समावेश गरिएको छ भने २३५ ४जीमा २ मेगापिक्सेलको शूटर रहेको छ।
चारओटै फोनहरुले एस३०प्लस अपरेटिङ सिस्टम बुट गर्नुका साथै १,४५० एमएएच ब्याट्री समावेश गर्दछन्। फोनहरूले ब्लुटुथ ५.० कनेक्टिभिटीलाई पनि समर्थन गर्नुका साथै ३.५ एमएम हेडफोन ज्याक, एफएम रेडियो र यूएसबी–सी चार्जिङ सुविधा पनि प्रदान गर्नेछन्।
एचएमडीले फोनहरुले मूल्य निर्धारण र उपलब्धताको बारेमा चने खुलासा गरेको छैन।
प्रकाशित: २१ असार २०८३, आईतवार