गूगलमा लोकेसन हिस्ट्री र एक्टिभ डाटा डिलिट गर्ने फीचर शुरु, प्रयोगकर्तालाई अटो डिलीटको सुविधा

  • Technology Khabar | १२ असार २०७६, बिहीबार
गूगलमा लोकेसन हिस्ट्री र एक्टिभ डाटा डिलिट गर्ने फीचर शुरु, प्रयोगकर्तालाई अटो डिलीटको सुविधा

काठमाडौं ।

काठमाडौं । गूगलले प्रयोगकर्ताको लोकेसन हिस्ट्री र सक्रिय डाटा स्वत हट्ने फीचर शुरु गरेको छ । सबैका लागि ल्याईएको सो फीचरमा प्रयोगकर्ताहरुको पुराना लोकसन हिस्ट्री र प्रयोग गरिएको डाटा अटो डिलिट हुनेछ ।

गूगलको नयाँ कन्ट्रोल सिस्टम बुधबारदेखि नै आईओएस र एन्ड्रोय दुबै प्रयोगकर्ताहरुका लागि संचालन आएको छ । यो फीचर गएको मे महिनामा नै घोषणा गरिएको थियो तर हाल मात्र लागू भएको छ ।

यसअघि गूगलका एप्स चलाउँदा कम्पनीले प्रयोकगर्ताहरुको एक्टिभ डाटा र लोकेसन हिस्ट्री संकलन गर्ने गर्दथ्यो तर अब प्रयोगकर्ताहरुको सो डाटा ३ महिना वा १८ महिनामा स्वत हराउने छ । गूगलले संकलन गर्ने डाटा प्रयोकगर्ताले आफैंले डाटा डिलिट गर्नुपर्ने हुन्थ्यो ।

यो फीचर केहि समयमा सबै डिभाइसहरुमा रोल आउट हुनेछ भने सो फीचर आईसकेपछि तपाईँले आफ्नो गूगल एकाउन्टमा गएर माई एक्टिभिटी सेक्सनमा गएर चुज टू डिलिट अटोमेटिकल्ली भन्ने अप्सन छनौट गर्नुपर्ने हुन्छ, जुन अप्सन लोकेसन हिस्ट्री एरियामा हुन्छ । त्यसपछि तपाईँले त्यस्तो सुविधा ३ महिना वा १८ महिनामा हटाउने भन्ने छनौट गर्नुपर्दछ ।

प्रकाशित: १२ असार २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार