व्यापार चिह्न अर्थात् ट्रेडमार्क किन र कसरी लिने? यस्तो छ नयाँ प्रस्तावित व्यवस्था

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
व्यापार चिह्न अर्थात् ट्रेडमार्क किन र कसरी लिने? यस्तो छ नयाँ प्रस्तावित व्यवस्था

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले करिब दुई दशक पुरानो ‘कम्पनी ऐन, २०६३’ लाई प्रतिस्थापन गर्न व्यावसायिक वातावरण र प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ को मस्यौदा तयार पारी सार्वजनिक गरेको छ।

यसमा थुप्रै व्यवस्था गरिएको छ जसमध्ये व्यापार चिह्न दर्ता गराउने पनि एक हो। विधेयक अनुसार व्यापार चिह्न चाहने व्यक्तिले तल उल्लेख गरिएका कागजात सहित आवदेन दिनुपर्छ:

  • शब्द, अङ्क, अक्षर, चिन्ह, चित्र, रङ्ग वा तिनको संयोजन रहेको व्यापार चिन्हको लागि आवेदन गर्नु परेमा सोको नमुनासहितको विवरण,

चाहिएका मितिको दाबी गरेको भए सम्बन्धित देशको आधिकारिक निकायबाट प्रमाणित गरिएको देहायका कागजात तथा विवरण, सुरु आवेदन गरिएको देश (पेरिस महासन्धिको पक्ष राष्ट्र वा विश्व व्यापार संगठनको सदस्य राष्ट्र) को नाम  लेख्नुपर्छ।

सुरु आवेदन दर्ता भएको मिति र सम्बन्धित देशको औद्योगिक सम्पत्ति दर्ता गर्ने निकाय वा कार्यालयबाट जारी भएको प्रमाणित दर्ता नम्बर खुल्ने कागजात पेश गर्नु पर्छ।

आवेदक आफै व्यापार चिन्ह धनी नभएमा यस्तो व्यापार चिन्ह धनीको सहमति वा निज आवेदकको हक प्रमाणित गर्ने कागजात पेश गर्नुपर्छ।

  • आवेदनसाथ अनुसूची–१ बमोजिमको आवेदन दर्ता शुल्क दाखिला गर्नुपर्नेछ।
  • कुनै व्यक्ति व्यापार चिन्हको फरक फरक वर्गमा आवेदन गर्न चाहने प्रत्येक वर्गको लागि पृथक शुल्क दाखिला गरी ऐक्यबद्ध फरक फरक आवेदन गर्न सक्नेछ।

यसरी दिइएको आवेदन र कागजात अध्ययन गरेर सबै कुरा सही भएमा कार्यालयले ट्रेडमार्क जारी गर्छ।

यसरी व्यापार चिन्ह अर्थात् ट्रेडमार्क पाएपछि निम्न अधिकार प्राप्त हुनेछ:

(क) निर्दिष्ट हक अधिकार निर्वाध रूपले प्रयोग गर्ने

(ख) व्यापार चिन्ह धनीले आफ्नो नाममा दर्ता कायम रहेको व्यापार चिन्ह अन्य सम्पत्ति सरह बिक्री वा हक हस्तान्तरण गर्ने

(ग) दर्ता भएको व्यापार चिन्ह आफ्नो उत्पादन र व्यापारमा प्रयोग गर्ने

(घ) दर्ता कायम रहेको व्यापार चिन्ह किरायामा दिने वा अन्य व्यक्ति वा निकायलाई निश्चित समयको लागि प्रयोग गर्न दिने वा किरायामा दिने वा अन्य व्यक्ति वा निकायलाई एउटै समयमा वा फरक फरक समयमा वा एउटै क्षेत्रमा वा फरक फरक क्षेत्रमा प्रयोग गर्न पाउने गरी अन्य व्यक्ति वा निकायलाई प्रयोग गर्न दिने

(ङ) व्यापार चिन्ह धनीले आफ्नो मञ्जुरी बिना आफ्नो नाममा दर्ता कायम रहेको व्यापार चिन्ह वा त्यस्तो व्यापार चिन्हको नक्कल हुने खालको व्यापार चिन्ह तेस्रो पक्षलाई प्रयोग गर्नबाट रोक लगाउन सम्बन्धित निकायमा आवेदन दिने

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार