बेलायतले अभिभावकहरूलाई बालबालिकाका तस्बिरहरू अनलाइन पोस्ट नगर्न चेतावनी दियो

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
बेलायतले अभिभावकहरूलाई बालबालिकाका तस्बिरहरू अनलाइन पोस्ट नगर्न चेतावनी दियो
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

बेलायतको राष्ट्रिय अपराध एजेन्सी (नेशनल क्राइम एजेन्सी–एनसीए) ले बाल यौन दुर्व्यवहार सामग्री सिर्जना गर्न एआईको बढ्दो प्रयोगको चेतावनी दिँदै बालबालिकाका तस्बिरहरू अनलाइन पोस्ट नगर्न अभिभावक र हेरचाहकर्ताहरूलाई आग्रह गरेको छ।

द गार्जियन अखबारको रिपोर्ट अनुसार, इन्टरनेट वाच फाउन्डेसन (आईडब्ल्यूएफ) सँगको संयुक्त दिशानिर्देशहरूमा, एजेन्सीले परिवारहरूलाई आफ्नो सामाजिक सञ्जाल खाताहरू निजी बनाउन वा “नजिकका साथीहरू” को समूहमा सामग्री सेयरिङ सीमित गर्न सिफारिस गरेको छ।

अधिकारीहरूले अभिभावकहरूलाई सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भनेर बताउने उद्देश्य नराखेको तर एआई–उत्पन्न बाल यौन दुव्र्यवहार सामग्री (चाइल्ड सेक्सुअल अब्युज म्याटेरियल–सीएसएएम) सँग सम्बन्धित नयाँ जोखिमहरूको बारेमा जागरूकता जगाउने उद्देश्य रहेको बताएका छन्।

निर्देशनहरूले अभिभावकहरूलाई पहिले नै अनलाइन प्रकाशित पुराना तस्बिरहरू समीक्षा गर्न, गोपनीयता सेटिङहरू जाँच गर्न र एआई प्रविधिमा हालैका विकासहरू अघि हस्ताक्षर गरिएका स्कूल र खेलकुद क्लबहरूसँग सहमति सम्झौताहरू समीक्षा गर्न पनि सल्लाह दिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

दस्तावेजले गोपनीयता सेटिङहरूलाई बलियो बनाउने, बालबालिकाका तस्बिरहरूमा पहुँच सीमित गर्ने र संस्थाहरूसँग तस्बिरहरू साझेदारी गर्न सहमति छलफल गर्ने जस्ता तीन मुख्य चरणहरू प्रस्तुत गर्दछ।

एनसीएले धेरै अभिभावकहरूलाई सार्वजनिक रूपमा उपलब्ध तस्बिरहरू पीडितहरूसँग प्रत्यक्ष सम्पर्क नगरी अपमानजनक सामग्री सिर्जना गर्न अपराधीहरूले प्रयोग गर्न सक्छन् भन्ने तथ्य थाहा नहुन सक्छ भनि चेतावनी दिएको छ।

“कुनै पनि अभिभावकले बच्चाको तस्बिरलाई बाल यौन दुव्र्यवहार सामग्री बनाउन प्रयोग गर्न सकिन्छ भन्ने सोचेर अनलाइन पोस्ट गर्दैनन्। धेरै अभिभावकहरूलाई यो समस्या अवस्थित छ भन्ने कुरा थाहा नभएको””एनसीएमा बाल यौन दुर्व्यवहार शिक्षा प्रबन्धक लोर्ना सिन्क्लेयरले भनिन्।

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार