रियलमीले ६४ मेगापिक्सेलसहितको स्मार्टफोन ल्याउँदै, कम्पनीको पहिलो क्वाड क्यामरा सेटअप फोन

  • Technology Khabar | १० असार २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन मेकर ओपोको सब्सिडरी रियलमीले नयाँ स्मार्टफोन ल्याउँदैछ जसमा ६४ मेगापिक्सेलको क्यामरा राखिने छ ।

कम्पनीले हालै नयाँ स्मार्टफोनको टीजर जारी गरेको छ, जसमा विश्वको पहिलो ६४ मेगापिक्सेल भएको स्मार्टफोन आउन लागेको जानकारी दिइृएको छ ।

यसअघि स्मार्टफोनहरुमा ४८ मेगापिक्सेलसम्मको क्यामरा ट्रेन्ड प्रचलनमा छ । अहिले पनि बजारमा नयाँ लन्च हुने स्मार्टफोनहरुमा अधिकांश ४८ मेगापिक्सेको क्यामरा भएको स्मार्टफोन छन् ।

रियलमी इण्डियाका सिईओ माधव सेठले हालै ट्वीटरमार्फत रियलमीले ६४ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउन लागेको तस्विरसहितको जानकारी दिएका छन् ।

सो तस्विरमा ६४एमपी एआई क्वाड क्यामरा लेखिएको छ । तस्विरको आधारमा हेर्दा रियलमीले पहिलो पटक क्वाड क्यामरा सेटअपसहितको स्मार्टफोन ल्याउन लागेको स्पष्ट भएको छ । यसअघि रियलमीले क्वाड क्यामरा भएको स्मार्टफोन लन्च गरेको छैन् ।

रियलमीको नयाँ स्मार्टफोनमा सामसंगको ६४ मेगापिक्सेलको आईएसओसेल सेन्सर राखिनेछ ।

यसका साथै यसमा पिक्सल मर्जिंग टेकको प्रयोग गरेर चार ०.८ माइक्रोन पिक्सेललाई मिलाएर १.६ माइक्रोन पिक्सेल बनाईने छ ।
यो स्मार्टफोन कहिले बजारमा आउँछ भन्ने अझै जानकारी छैन् ।

https://twitter.com/MadhavSheth1/status/1143047183358291969/photo/1?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1143047183358291969&ref_url=https%3A%2F%2Faajtak.intoday.in%2Fstory%2Frealme-teases-64-megapixel-camera-smartphone-ttec-1-1095605.html

प्रकाशित: १० असार २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार