काठमाडौं ।
माइक्रोसफ्टले सबैले विन्डोज ११ प्रयोग गरून् भन्ने चाहेको भए तापनि धेरै मानिसहरूले स्पष्ट रूपमा विन्डोज १० नै छनौट गर्ने गरेका छन्। त्यसैको प्रभावको कारण कम्पनीले माइक्रोसफ्ट खाताको साथ विन्डोज १० मा साइन इन भएकाहरुका लागि गत वर्ष विन्डोज १० एक्सटेन्डेड सेक्योरिटी अपडेट कार्यक्रम प्रस्तुत गरेको थियो।
यो सुरुमा अक्टोबर १३, २०२६ सम्म उपलब्ध गराइने बताइएको थियो र सोही समयदेखि समर्थन सधैंको लागि काट्ने उल्लेख गरिएको थियो। तर अब माइक्रोसफ्टले अब चुपचाप विन्डोज १० एक्सटेन्डेड सेक्योरिटी अपडेट कार्यक्रम अर्को वर्ष अक्टोबर १२, २०२७ सम्मको लागि विस्तार गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैले विन्डोज ११ नचाहनेहरुका लागि सुरक्षा अपडेटहरूको बारेमा चिन्ता नगरी विन्डोज १० प्रयोग गर्न जारी राख्नको लागि अझै एक वर्षको अवधि प्राप्त हुने भएको छ। साथै माइक्रोसफ्टले यो विन्डो तेस्रो वर्षको लागि फेरि विस्तार गर्नेछ भन्ने बारेमा भने समयले मात्र बताउनेछ।
प्रकाशित: १३ असार २०८३, शनिबार