सामसङ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राले स्क्रिन अपग्रेड प्राप्त गर्ने

  • Technology Khabar | १३ असार २०८३, शनिबार
सामसङ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राले स्क्रिन अपग्रेड प्राप्त गर्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राले अपग्रेड प्राप्त गर्ने भएको छ।  गत वर्षको ग्यालेक्सी जेड फोल्ड७ को उत्तराधिकारी भएको बताइएको यो डिभाइस आगामी महिना लन्डनमा ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा २ सँगसँगै अनावरण हुने अपेक्षा गरिएको छ।

आइस युनिभर्सको एउटा नयाँ अफवाहले ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राले ग्यालेक्सी जेड फोल्ड७ को तुलनामा स्क्रिन रेजोल्युसन बढेर आउने सुझाव दिएको छ।

ग्यालेक्सी जेड फोल्ड७ मा मुख्य फोल्डिङ स्क्रिनमा १९६८×२१८४ रिजोल्युसन र कभर स्क्रिनमा १०८०×२५२० रिजोल्युसन रहेको छ। अघिल्ला अफवाहहरू अनुसार, ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रामा न्यूनतम क्रिज, स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट र ५,००० एमएएच ब्याट्री हुनेछ।

यो डिभाइस २५६जीबी/५१२जीबी/टीबी स्टोरेजको साथ क्रिम, ग्रेफाइट, ग्रिन सेड र भायोलेट श्याडो रङ्गहरूमा उपलब्ध हुने अनुमान गरिएको छ।

प्रकाशित: १३ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...