काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्सको लागि सौर्य ऊर्जा अनन्त ऊर्जाको स्रोत भएको इलन मस्कले बताएका छन्।
एआईको लागि सूर्यको ऊर्जाको एकदमै सानो अंश मात्र प्रयोग गर्नाले पनि सम्पूर्ण मानवताले मिलेको भन्दा बढी बुद्धिमत्ता सिर्जना गर्न सकिने उनको बुझाई छ।
उनले सौर्य ऊर्जा भविष्यको एआई प्रणालीहरूलाई ठूलो मात्रामा शक्ति प्रदान गर्ने सबैभन्दा स्पष्ट मार्ग भएको तर्क गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
एआईलाई ठूलो मात्रामा ऊर्जा चाहिने र सूर्य सबैभन्दा ठूलो उपलब्ध स्रोत भएको उनले उल्लेख गरेका छन्।
मस्कले सौर्य ऊर्जाले भविष्यमा उन्नत अन्तरिक्षयानलाई समर्थन गर्न मद्दत गर्न सक्छ भन्दै यो विचारलाई अन्तरिक्षसँग पनि जोडेका छन्।
प्रकाशित: ९ असार २०८३, मंगलवार