काठमाडौं ।
यो हप्ताको सुरुमा भारतमा लन्च गरिएको रेडमी टर्बो ५ अब शाओमीको भारतीय वेबसाइट, अमेजन डट इन र देशभरका शाओमी रिटेल स्टोरहरू मार्फत बिक्रीको लागि उपलब्ध भएको छ।
रेडमी टर्बो ५ भारतमा टर्बो ह्वाइट, नाइट्रो ब्लू र एसफाल्ट ब्ल्याक रङ्गहरूमा ८जीबी/२५६जीबी र १२जीबी/२५६जीबी गरी दुई मेमोरी विकल्पहरूमा उपलब्ध भएको बताइएको छ। ८जीबी/२५६जीबी को मूल्य ३७,९९९ भारतीय रुपैयाँ र १२जीबी/२५६जीबी को मूल्य ४०,९९९ भारतीय रुपैयाँ कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
रेडमी टर्बो ५ मा डाइमेन्सिटी ८५०० अल्ट्रा एसओसी समावेश गरिएको छ भने एन्ड्रोइड १६–आधारित हाइपरओएस ३ चलाउँछ। डिभाइसमा १२० हर्ज १,२६८ पिक्सेल एएमओएलईडी सहितको ६.५९ इन्चको डिस्प्ले रहेको छ। टर्बो ५ मा ५० मेगापिक्सेल प्राथमिक, एक ८ मेगापिक्सेल अल्ट्रावाइड र एक २० मेगापिक्सेल सेल्फी गरी तीनओटा क्यामराहरू छन्।
रेडमी टर्बो ५ मा ७,५४० एमएएच सिलिकन कार्बाइड ब्याट्री रहेको छ भने चिनियाँ रेडमी टर्बो ५ को ब्याट्री भन्दा २० एमएएच सानो भएको बताइएको छ। तर ब्याट्रीको चार्जिङ गति उस्तै रहेको र १००वाट वायर्ड चार्जिङ र २७वाट रिभर्स वायर्ड चार्जिङ समर्थन गर्ने उल्लेख गरिएको छ।
रेडमी टर्बो ५ को अन्य हाइलाइटहरूमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, आईआर ब्लास्टर, डुअल स्टेरियो स्पिकरहरू र डल्बी भिजन समावेश छन्। डिभाइसमा आईपी६६, आईपी६८, आईपी६९, र आईपी६९के रेटिङहरू पनि रहेका छन्।
प्रकाशित: ८ असार २०८३, सोमबार