चर्चित कार निर्माताहरूले एण्ड्रोइड अटोजस्ता स्मार्टफोन–मिररिङ प्रणाली किन हटाउँदैछन्?

  • Technology Khabar | ८ असार २०८३, सोमबार
चर्चित कार निर्माताहरूले एण्ड्रोइड अटोजस्ता स्मार्टफोन–मिररिङ प्रणाली किन हटाउँदैछन्?
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

जनरल मोटर्स लगायत केही कार निर्माताहरूले सन् २०२६ देखि एण्ड्रोइड अटोजस्ता स्मार्टफोन–मिररिङ प्रणाली हटाउने तयारी गरिरहेका छन्।

सन् २०१५ देखि उपभोक्ता र कार निर्माता कम्पनीहरूबीच एउटा अनौपचारिक सहमति जस्तै व्यवस्था थियो, जसअनुसार कारमा एण्ड्रोइड अटो वा एप्पल कारप्ले जडान गर्न दिइने र त्यसको बदलामा ग्राहकहरूले कार किन्ने। यसले प्रयोगकर्तालाई संगीत, नक्सा र सञ्चार सेवामा सजिलो पहुँच दिएको थियो भने कार निर्माताले इन्फोटेनमेन्ट प्रविधिको ठूलो हिस्सा गुगल र एप्पलमा निर्भर गराउँदै आएका थिए।

तर हाल यो अवस्था बदलिँदै गएको छ। जीएमले आफ्नो विद्युतीय गाडीहरूबाट एण्ड्रोइड अटो हटाउने घोषणा गरिसकेको छ र भविष्यमा सबै गाडीबाट हटाउने योजना बनाइरहेको छ। यसको सट्टा कम्पनीले गुगलको जेमिनी एआईप्रयोग हुने आफ्नै संवाद–आधारित प्रणाली ल्याउने बताएको छ।

इन्ग्याजेटका अनुसार अन्य केही कम्पनीहरू जस्तै रिभियन र टेस्लाले सुरुदेखि नै एण्ड्रोइड अटो प्रयोग गरेका छैनन्। २०२६ का धेरै मोडेलमा अझै पनि यो सुविधा उपलब्ध भए पनि भविष्यमा यो अवस्था परिवर्तन हुन सक्ने देखिएको छ।

एण्ड्रोइड अटो सुरुमा यूएसबीमार्फत फोन र कार जोडेर प्रयोग गर्न मिल्ने सरल प्रोजेक्सन प्रणाली थियो। पछि गुगलले २०१७ मा एण्ड्रोइड अटोमोटिभ ओएस (एएओएस) विकास गर्‍यो, जुन सन् २०२० मा Polestar 2 मा पहिलो पटक प्रयोग भयो। यसले फोन बिना नै कारको आफ्नै अपरेटिङ सिस्टममार्फत काम गर्छ।

पोलस्टार र भोल्भो कार्सजस्ता कम्पनीहरूले पनि एएओएस प्रयोग गर्न थालेपछि धेरै कार निर्माताले आफ्नै प्रणाली विकास गर्न नसकेपछि यसलाई अपनाउन थाले।

गुगलले यस प्रणालीमार्फत प्रयोगकर्ताको ड्राइभिङ डाटा, जीपीएस र म्यापिङ जानकारी संकलन गर्ने गर्छ, जुन विज्ञापन र सेवामा प्रयोग हुने बताइएको छ। तर यो डाटा कार निर्मातालाई उपलब्ध हुँदैन।

जीएम लगायत केही कम्पनीले भने आफ्नै प्रणालीले गाडीको ऊर्जा व्यवस्थापन, चार्जिङ र रूटिङलाई अझ राम्रो बनाउन सक्ने दावी गरेका छन्। विशेषगरी विद्युतीय गाडीमा चार्ज स्टेसन उपलब्धता, ब्याट्री अवस्था र दूरीअनुसार स्मार्ट रुटिङ सम्भव हुने उनीहरूको भनाइ छ।

जीएमले आफ्नो नयाँ प्रणालीले एण्ड्रोइड अटो वा एप्पल कारप्लेभन्दा बढी सुविधा दिने दावी गरेको छ, जसमा डल्बी एटमस जस्ता उच्च गुणस्तरका अडियो फिचर पनि समावेश हुने बताइएको छ।

तर यस्तो परिवर्तनसँगै उपभोक्ता प्रतिक्रिया भने मिश्रित देखिएको छ। धेरै प्रयोगकर्ताले एण्ड्रोइड अटो हटाइएमा गाडी नकिन्ने चेतावनी दिएका छन्।

साथै, कम्पनीहरूले आफ्नै इन्फोटेनमेन्ट प्रणालीमार्फत सब्सक्रिप्सन सेवाबाट अतिरिक्त आम्दानी गर्ने सम्भावना पनि बढेको छ। Rivian र Tesla जस्ता कम्पनीहरूले पहिले नै वार्षिक डेटा सेवा शुल्क लिने गरेका छन्।

विश्लेषकहरूका अनुसार एण्ड्रोइड अटो र कारप्ले हटाउने प्रवृत्ति केही ब्रान्डमा बढे पनि आफ्नै प्रणाली विकास गर्न चुनौती भइरहेका धेरै परम्परागत कार निर्माताले अझै यो सुविधा कायम राख्ने सम्भावना छ।

प्रकाशित: ८ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार