फोटोन ‘कर्पोरेट कर्मसियल भेहिकल अवार्ड २०२६’ बाट सम्मानित

  • Technology Khabar | ७ असार २०८३, आईतवार
फोटोन ‘कर्पोरेट कर्मसियल भेहिकल अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं ।

विश्वकै अग्रणी ब्रान्डमध्ये एक फोटोनलाई आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएबापत प्रतिष्ठित ‘कर्पोरेट कर्मसियल भेहिकल अवार्ड २०२६’ बाट सम्मानित भएको छ।

उक्त अवार्ड एमएडब्लु वृद्धि कर्मसियल भेहिकल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले होटल र्याडिसनमा आयोजित एक कार्यक्रममा ग्रहण गरेका हुन्।

यो सम्मानले नेपाली कमर्शियल भेहिकल बजारमा फोटोनको बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्दै आएको कम्पनीको बुझाई छ।

कम्पनीका अनुसार नेपालभर २ हजार भन्दा बढी फोटोन सवारीसाधन आपूर्ति भइसकेको छ। यससँगै ब्रान्डले नेपालको कमर्शियल यातायात क्षेत्रमा मजबुत उपस्थिति स्थापित गरेको छ। फोटोनका ट्रक, भ्यान तथा इलेक्ट्रिक कमर्शियल सवारीसाधनहरूले व्यावसायिक गतिशीलता सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भने दिगो यातायात विकासका राष्ट्रिय लक्ष्यहरूलाई पनि सहयोग पुर्याएको छ।

‘कर्पोरेट कर्मसियल  भेहिकल अवार्ड २०२६’ले फोटोनको इलेक्ट्रिक मोबिलिटी प्रवर्द्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन तथा नेपालको विकसित हुँदै गएको यातायात पूर्वाधार र आर्थिक वृद्धिलाई सहयोग गर्ने उन्नत कमर्शियल भेहिकल प्रविधि भित्र्याउने नेतृत्वदायी भूमिकालाई मान्यता दिएको छ।

उपलब्धिबारे बोल्दै एमएडब्लू वृद्धि कर्मसियल भेहिकल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भने, ‘कर्पोरेट कर्मसियल भेहिकल अवार्ड २०२६’ प्राप्त गर्न फोटोन ब्रान्ड र एमएडब्लु वृद्धि कर्मसियल भेहिकल प्राइभेट लिमिटेडका लागि गौरवको क्षण हो। यस सम्मानले नेपालमा विश्वस्तरीय कमर्शियल मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ। हामी भरपर्दा सवारीसाधन, नवीन प्रविधि, मजबुत बिक्रीपछिको सेवा तथा व्यवसाय र देशको आर्थिक प्रगतिलाई सहयोग गर्ने दिगो यातायात समाधान प्रदान गर्न निरन्तर केन्द्रित रहनेछौं।’

कम्पनीका अनुसार विश्वव्यापी रूपमा फोटोन नवप्रवर्तन, विश्वसनीयता तथा इन्टेलिजेन्ट मोबिलिटी समाधानका लागि परिचित छ। ब्रान्डले इलेक्ट्रिक मोबिलिटी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम तथा ऊर्जा–दक्ष यातायात समाधानसहित नयाँ पुस्ताका कमर्शियल भेहिकल प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ। गुणस्तर, टिकाउपन, प्रदर्शन क्षमता र प्रविधिगत प्रगतिप्रतिको प्रतिबद्धताले फोटोनलाई विश्वभरका व्यवसायहरूको विश्वास दिलाएको छ।

प्रकाशित: ७ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...