“पेम्बा” नामक रोबोट ६,२०० मिटर हिमाल चढ्न सफल, अर्को लक्ष्य सगरमाथा आरोहण गर्ने

  • Technology Khabar | ५ असार २०८३, शुक्रबार
“पेम्बा” नामक रोबोट ६,२०० मिटर हिमाल चढ्न सफल, अर्को लक्ष्य सगरमाथा आरोहण गर्ने
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

ह्युमनोइड रोबोट इक्वेडरको चिम्बोराजो ज्वालामुखीको चुचुरोमा पुग्न सफल भएको छ।

पेम्बा नामक परिमार्जित युनिट्री जी१ रोबोटले ६,२०० मिटरको उचाइमा अवस्थित शिखर सफलतापूर्वक आरोहण गरेको छ।

यो आरोहण महत्वाकांक्षी रोबोटिक “ट्रिपल क्राउन” अभियानको पहिलो चरण भएको र यो सफलताले रोबटलाई सगरमाथामा पुर्याउन सक्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

यो परियोजना जियोलोजिक डोमका संस्थापक इन्जिनियर पाब्लो बर्लाङ्गा बोमारेको नेतृत्वमा रहेको बताइएको छ। उनले कङ्गो बेसिन र अमेजन रेनफरेस्ट (वर्षावन) जस्ता क्षेत्रहरूमा वल्र्ड वाइड फन्ड फर नेचर (डब्ल्यूडब्ल्यूएफ) सँग संरक्षण पहलहरूमा काम गरेका छन्।

यद्यपि, चिम्बोराजोको आरोहण पूर्ण रूपमा स्वायत्त नभएको उल्लेख गरिएको छ।

पेम्बा केवल ३० डिग्री भन्दा कम भिरालो भागहरूमा मात्र हिँडेको उल्लेख गरिएको छ। शिखरमा पुग्ने १६ घण्टाको प्रयासको सबैभन्दा ठाडो र प्राविधिक रूपमा कठिन भागहरूमा रोबटलाई अभियानका सदस्यहरूले बोकेका थिए।

यो अभियानको लक्ष्य भनेको कठिन भूभागको लागि प्रशिक्षित सुदृढीकरण सिकाइ प्रणालीहरू मार्फत रोबटको स्वायत्त क्षमताहरू बिस्तारै बढाउनु भएको बताइएको छ।

अत्यधिक तापक्रम, द्रुत थर्मल परिवर्तनहरू र उच्च उचाइमा रिड्युस्ड कुलिङ क्यापासिटीले ब्याट्री र इलेक्ट्रोनिक्सलाई असर गर्ने उल्लेख गरिएको छ।

रोबोटलाई सुरक्षित राख्न, विशेष थर्मल व्यवस्थापन र भेन्टिलेसन प्रणालीहरू विकास गरिएको र त्यसको सुरक्षात्मक इक्विपमेन्टहरूमा एकीकृत गरिएको बताइएको छ।

त्यसैगरी दीर्घकालीन लक्ष्य भनेको रोबटलाई हिमालयमा पठाउनु भएको उल्लेख गरिएको छ। जियोलोजिक डोम र नेपालको फोर्टिन पिक्स एक्सपिडिसनले लगभग ८,००० मिटरको उचाइमा रहेको सगरमाथा आधार शिविर र क्याम्प फोर बीच परीक्षणको लागि प्रस्ताव गरेको छ।

त्यहाँ, ब्याट्री प्रदर्शन, चाल, र वातावरणीय अवस्थाहरूको प्रतिरोध रेकर्ड गरिने उल्लेख गरिएको छ।

प्रकाशित: ५ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार