भारतमा आईफोन ब्याकप्लेट बनाउने टाटा कारखाना प्रदूषणका कारण बन्द नहुने

  • Technology Khabar | ४ असार २०८३, बिहीबार
भारतमा आईफोन ब्याकप्लेट बनाउने टाटा कारखाना प्रदूषणका कारण बन्द नहुने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

भारतको आईफोन पार्टपुर्जा आपूर्ति गर्ने कारखाना बन्द नहुने भएको छ। तमिलनाडुको होसुरमा रहेको प्लान्ट डिसेम्बर २०२५ देखि सुविधा नजिकैका किसानहरूले कारखानाको फोहोर पानीले आफ्नो जमिन र इनारहरू दूषित गरेको गुनासो गरेपछि तमिलनाडु पलुसन कन्ट्रोला बोर्ड (टीएनपीसीबी) को अनुसन्धानको घेरामा रहेको थियो। टीएनपीसीबीले सुविधा जबरजस्ती बन्द गर्ने सम्भावित चेतावनी दिएको थियो।

कारखाना भारतीय समूह टाटाको स्वामित्वमा रहेका छ र आईफोन ब्याकप्लेटहरू उत्पादन गर्दछ। चिनियाँ उत्पादनमा आफ्नो निर्भरता कम गर्न एप्पलको हालैको अभियानलाई ध्यानमा राख्दै विश्वव्यापी रूपमा बिक्री गरिने एक चौथाई आईफोनहरू अब भारतमा बन्ने गरेका छन् भने बढ्दो पार्टपुर्जा आपूर्ति इकोसिस्टम पनि ठाउँमा रहेको उल्लेख गरिएको छ। साथै यो प्लान्ट त्यसको एक हिस्सा भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

टाटाले सबै प्रदूषणका बारेमा उठेका चिन्ताहरूलाई सम्बोधन गरेको बताएको छ र तमिलनाडु कारखाना अब टीएनपीसीबीको अनुसन्धानको अधीनमा नभएको उल्लेख गरिएको छ। गत वर्षको डिसेम्बर २३ मा टाटालाई प्रदूषणको बारेमा जानकारी गराइएको बताइएको छ। अब, कम्पनीले एक स्वतन्त्र नमूना विश्लेषण गरेको बताएको छ र त्यसले यो नियमहरूको पूर्ण पालनामा रहेको संकेत गरेको छ भने सबै प्यारामिटरहरू तोकिएको सीमा भित्र रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ४ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार