
काठमाडौं ।
ओपनएआईको च्याटजीपीटीले एआई च्याटबोट दौडमा प्रारम्भिक सुरुवात गरेको थियो र त्यसले वर्षौंदेखि कम्पनीको प्रमुख स्थानलाई बलियो बनाउन मद्दत गरेको थियो। तर, अब अन्य प्रतिस्पर्धीहरूले हालै ठूलो प्रगति गरेको हुनाले पहिलो पटक च्याटजीपीटीको एआई च्याटबोटतर्फको बजार हिस्सा घट्दै गएको र ५० प्रतिशत भन्दा कम भएको उल्लेख गरिएको छ।
मे महिना सम्ममा, च्याटजीपीटीको बजार हिस्सा ४६.४ प्रतिशतमा झरेको छ भने त्यसपछि जेमिनी (२७.७ प्रतिशत) र क्लोड (१०.३ प्रतिशत) बजार हिस्सा रहेको उल्लेख गरिएको छ। ४६ प्रतिशत बजार हिस्सा अझै पनि प्रभावशाली भएको, तर च्याटजीपीटीले धेरै पहिले १०० प्रतिशत बाट आफ्नो यात्रा सुरु गरेको थियो।
अर्कोतर्फ, धेरै भन्दा धेरै मानिसहरूले एआई च्याटबोटहरू प्रयोग गरिरहेका छन्, च्याटजीपीटीले यो महिनाको सुरुमा १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता अंक पार गर्दै प्रयोगकर्ताको संख्या १.१ अर्ब पुर्याएको छ। यो संख्या पार गर्ने पहिलो एआई च्याटबोट मात्र नभइ च्याटजीपीटी अहिलेसम्मकै सबैभन्दा छिटो वुद्धि गर्ने अनलाइन एप÷सेवा भएको बताइएको छ। जेमिनीसँग अहिले ६६ करोड २० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू छन् भने क्लोडको प्रयोगकर्ताको संख्या २४ करोड ५० लाख रहेको छ।
त्यसैगरी मानिसहरूमा बटहरू बीच स्विच गर्ने सम्भावना बढ्दै गएको उल्लेख गरिएको छ। यी एपहरूमा खर्च यो वर्षको ६ महिनामा बढेर ४.२ बिलियन अमेरिकी डलर पुगेको छ र यो गत वर्षको सोही अवधीमा मात्र १.८३ बिलियन अमेरिकी डलर रहेको थियो। क्लोडको कुलमध्ये सबैभन्दा धेरै भुक्तानी गर्ने प्रयोगकर्ताहरू रहेको उक्त संख्या १३ प्रतिशत भएको उल्लेख गरिएको छ।
अर्कोतर्फ, च्याटजीपीटीले विज्ञापनहरू बढाउँदै लगेको र मे महिना सम्ममा आफ्नो दैनिक प्रयोगकर्ताहरूको औसत १७ प्रतिशतमा विज्ञापनहरू पुर्याइएको बताइएको छ। त्यसै गरी च्याटबोटले टार्गेट, वालमार्ट र कोस्टकोमा रेफरल लिङ्कहरू पनि प्रयोग गरिरहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ४ असार २०८३, बिहीबार