
काठमाडौं ।
चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृत्रिम बौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन्।
“चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताउनु भएको छ।
एआइले मानवको भविष्यमा ठुलो असर पार्ने बताउदै यो सबै देशहरूले सामना गर्ने साझा सवाल भएको झोउले बताएका छन्। चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थन गर्दै एआइको युगमा विश्वव्यापी विकासमा आधुनिक चिनियाँ समाधानहरूसहित उल्लेख्य योगदान पुर्याएको जनाइएको छ।
उहाँले चीनले विकास तथा सुरक्षा प्रयासहरू समन्वय गर्ने र बहुपक्षवादलाई सक्रिय रूपमा अभ्यास गर्नेछ, र जन–केन्द्रित एआइ पनि विकास गर्ने सिद्धान्तलाई समर्थन गर्ने जनाइएको छ।-रासस/सिन्ह्वा
प्रकाशित: ४ असार २०८३, बिहीबार