२१ औं शताब्दीको सबैभन्दा लामो सूर्यग्रहण नजिकिँदै गर्दा दिनको ६ मिनेटभन्दा बढी समय रातमा परिणत हुने

  • Technology Khabar | ४ असार २०८३, बिहीबार
२१ औं शताब्दीको सबैभन्दा लामो सूर्यग्रहण नजिकिँदै गर्दा दिनको ६ मिनेटभन्दा बढी समय रातमा परिणत हुने
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

अगस्ट २, २०२७ मा चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा छेक्ने क्रममा ६ मिनेट २३ सेकेन्डको लागि दिनको उज्यालो पूर्ण रूपमा गायब हुनेछ।

यो ग्रहण यो शताब्दीको सबैभन्दा लामो पूर्ण सूर्यग्रहण हुनेछ भने यस्तो ग्रहण प्रत्येक सय वर्षमा एक पटक हुने गर्दछ।

यो दुर्लभ खगोलीय दृश्य स्पेन, मोरक्को, अल्जेरिया, लिबिया, इजिप्ट र साउदी अरेबियाका केही भागहरूबाट देखिने टेलीग्राफले रिपोर्ट गरेको छ।

यो घटनाले विश्वभरका लाखौं खगोलविद्, उत्साही र पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

वैज्ञानिकहरूले यो ग्रहणको असाधारण लम्बाइ पृथ्वी, चन्द्रमा र सूर्यको दुर्लभ पङ्क्तिबद्धताको परिणाम भएको बताएका छन्।

अगस्ट २०२७ को ग्रहण अत्यन्त लामो हुनेछ किनभने चन्द्रमा त्यस क्षणमा पृथ्वीको तुलनात्मक रूपमा नजिक हुनेछ र त्यसले गर्दा यो आकाशमा ठूलो देखिनेछ भनि नासा र एक्लिप्सोफाइल पोर्टलले उल्लेख गरेको छ।

सोही समयमा, पृथ्वी आफ्नो अपेलियनको नजिक हुनेछ र त्यसको अर्थ भनेको पृथ्वी आफ्नो अर्बिटमा रहेको यो बिन्दुबाट सूर्यदेखि सबैभन्दा टाढा हुनेछ।

उक्त दूरीको कारणले गर्दा, सूर्यको डिस्क सामान्य भन्दा अलि सानो देखिनेछ।

खगोलविद्हरूले आकाशीय पिण्डहरूको यो पङ्क्तिबद्धता अत्यन्तै दुर्लभ भएको तथ्यमा ध्यान दिन आग्रह गरेक छन्।

स्पटलाइटमा इजिप्ट
पूर्ण ग्रहणको मार्ग दक्षिणी युरोप, उत्तरी अफ्रिका र मध्य पूर्वका केही भागहरू पार गर्नु अघि एट्लान्टिक महासागरमाथिबाट सुरु हुनेछ।

सम्पूर्ण ग्रहण स्पेन, जिब्राल्टर, मोरक्को, अल्जेरिया, ट्युनिसिया, लिबिया, इजिप्ट, सुडान, साउदी अरेबिया, यमन र सोमालियाका केही भागहरूबाट देखिनेछ।

खगोलीय गणनाले अधिकतम ग्रहण अवधिको बिन्दु सिधै इजिप्टमाथि हुनेछ, जसले गर्दा यो देश पर्यवेक्षकहरूको लागि प्रमुख गन्तव्य बन्नेछ भनि संकेत गरेको छ।

पूर्ण ग्रहण चरणको समयमा, दिन छोटो समयको लागि गोधूलिमा परिणत हुनेछ।

साथै हावाको तापक्रम उल्लेखनीय रूपमा घट्नेछ भने ग्रहहरू र चम्किला ताराहरू आकाशमा देखिनेछन्।

यो एक मात्र चरण हो जसमा सूर्यको कोरोना अर्थात ताराको बाहिरी वायुमण्डल नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ।

प्रकाशित: ४ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने

  • Technology Khabar
  • ४ असार २०८३, बिहीबार