
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरुलाई जहिले पनि आफ्नो फोनमा भएका एप्लिेकसेनहरु, गेमहरुले आफ्नो पर्सनल डाटाहरु लैजाने डर रहेको हुन्छ । हालै आएको नयाँ अनुसन्धानले पनि स्मार्टफोनहरुमा हुने जोखिम सबैभन्दा धेरै एप्सबाट हुने गरेको देखाएको छ ।
सेक्यूरिटी सोलुसन कम्पनी पोजिटिभ टेक्नोलोजीजले हालै गरेको अध्ययनअनुसार एन्ड्रोयडमा ४३ प्रतिशत एप्सहरु जोखिमयुक्त रहेका हुन्छन् । तर यस्तो जोखिमयुक्त एप्सहरु एप्पलको स्टोरमा भने कम हुने गरेको भेटिएको छ । एप्पलको एप स्टोरमा केबल ३५ प्रतिशत जोखिम भएपनि अध्ययनअनुसार समग्रमा सेक्यूरिटी जोखिम भने समान किसिमको रहेको हुन्छ ।
त्यसैगरि अध्ययनले ७६ प्रतिशत भन्दाबढि जोखिम चैँ डाटाको असुरक्षित स्टोरको कारणले हुने गर्दछ जसको अर्थ पासवर्ड, वित्तीय तथा व्यक्तिगत डाटाहरु अधिकांश डाटाहरु गलत पार्टिहरुको पहुँचमा पुग्न सक्ने हुन्छ ।
त्यसैगरि ८९ प्रतिशत जोखिमहरु भने यसअघि नै बजारमा रहेका विभिन्न मालवेयरहरुको कारण हुने गरेको छ जसले गर्दा अपराधिक काम हुने गर्दछ । एन्ड्रोयडमा राखिएको डाटाको अध्ययन गर्दा ७४ प्रतिशत जोखिम एप्लिकेसन साइडमा हुने सेक्यूरिटी कमजोरीको कारण हुने गरेको छ भने ४२ प्रतिशत जोखिम सर्भर साइड वा दुबैको सहकार्यमा हुने गरेकोछ ।
यो अध्ययनको सबैभन्दा महत्वपूर्ण विषय भनेको स्मार्टफोनको रुट गर्नु वा जेलब्रेक गर्दा त्यसले जोखिमलाई निरन्तर बढाउँछ । त्यसैगरि यूजर्सको डिभाइसमा एप्पले अनुमतिको लागि अनुरोध गर्ने किसिमको हुनुपर्नेछ र यदि यस्तो भएन भने पनि त्यसको गलत प्रयोग हुन सक्नेछ । त्यसैगरि मालिसियस एपलाई अनुमति दिँदा पनि त्यस्तो एपले डाटा पुन पठाएर आक्रमण गर्न सक्ने हुन्छ ।
पोजिटिभ टेक्नोलोजीजले गरेको अर्को अध्ययनअनुसार अधिकांश यूजर्सले आएको ईमेलहरुको भेरिफिकेसन गर्दैनन् । जति सजिलो गरी डाटा लिने सुविधा हुन्छ मालिसियल एप्सले आफ्नो कम्यूनिकेसन राख्ने जोखिम रहन्छ ।
सो अध्ययनले यसको लागि एप्सको विकास देखि नै ध्यानदिनुपर्ने सुझाव दिईएको छ । डेभलपरले एप्सको डिजाइन गर्दा ध्यान दिईएमा र एप बनाउनुभन्दा पहिले चनाखो भएमा संकाश्पद कोडहरुलाई रिराईट गरेर बनाउन सकिने अनुसन्धानकर्ताले बताएका छन् ।
प्रकाशित: ६ असार २०७६, शुक्रबार