एप्पल आईफोन अल्ट्राको डमी युनिटका नयाँ तस्बिरहरू बाहिरिए

  • Technology Khabar | २८ जेष्ठ २०८३, बिहीबार
एप्पल आईफोन अल्ट्राको डमी युनिटका नयाँ तस्बिरहरू बाहिरिए
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलको आईफोन फोल्ड वा आईफोन अल्ट्रा भनिने पहिलो फोल्डिङ आईफोन कस्तो देखिनेछ भन्ने बारेमा पहिले लीक भएको सीएडी स्किमेटिक्स, केस रेन्डरहरू र डमी युनिटहरूको तस्बिरहरूका आधारमा केही अनुमान गरिएका छन्।

अब अनलाइनमा देखा परेका आईफोन अल्ट्राको डमी युनिटको नयाँ तस्बिरहरूले कम्पनीको पहिलो फोल्डिङ आईफोनको अहिलेसम्मको उत्कृष्ट झलक प्रदान गरेको उल्लेख गरिएको छ।

सोनी डिक्सनद्वारा साझा गरिएका यी तस्बिरहरूले आईफोन अल्ट्राको डमी युनिटलाई अगाडि र पछाडिबाट सेतो रङ्गमा फोल्ड र अनफोल्ड अवस्थामा देखाएको छ। यो एप्पलले प्रस्ताव गर्ने एक मात्र रङ विकल्प हुन सक्ने डिक्सनले बताएका छन्। त्यसैगरी एप्पलले धेरै रङ विकल्पहरू प्रस्ताव गर्ने निर्णय गरेको खण्डमा भने दोस्रो रङ खैरो/कालो हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

नयाँ डमी युनिटको तस्बिरहरूका अनुसार आईफोन अल्ट्राको फोल्डिङ स्क्रिनमा माथि–बायाँ कुनामा सेल्फी क्यामरा रहेको देख्न सकिने छ। डुअल रियर क्यामराहरू तेर्सो रूपमा व्यवस्थित गरिएका छन् भने क्यामरा आइल्याण्डमा एलईडी फ्ल्यास र माइक्रोफोन पनि रहेको छ। साथै भोल्युम बटनहरू शीर्षमा अवस्थित छन्।

आईफोन अल्ट्रामा एक्सन बटन नहुने र स्मार्टफोनले बायोमेट्रिक प्रमाणीकरणको लागि फेस आईडीको सट्टा टच आईडीमा भर पर्ने अफवाहहरू रहेका छन्।

एप्पलले यो वर्षको उत्तरार्धमा आईफोन १८ सिरिजसँगै आईफोन अल्ट्रा पनि अनावरण गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार