सीमित संस्करणको अर्ध पारदर्शी हरियो एक्सबक्स सिरिज एक्स र कन्ट्रोलर आउँदै

  • Technology Khabar | २८ जेष्ठ २०८३, बिहीबार
सीमित संस्करणको अर्ध पारदर्शी हरियो एक्सबक्स सिरिज एक्स र कन्ट्रोलर आउँदै
फोटो सौजन्यः इनग्याजेट

काठमाडौं ।

एक्सबक्सले ट्रान्सलुसेन्ट ओजी ग्रीनमा सिरिज एक्स कन्सोल र कन्ट्रोलरको २५ औं वार्षिकोत्सव संस्करण जारी गर्दैछ। प्रयोगकर्ताले एक्सबक्स सिरिज एक्स२५ लिमिटेड एडिशन र एक्सबक्स वायरलेस कन्ट्रोलर एक्स२५ स्पेशल एडिशन एकैसाथ खरिद गर्न सक्नेछन्।

साथै पूर्ण नयाँ कन्सोल नचाहिएको अवस्थामा भने कन्ट्रोलर मात्र पनि छुट्टै रुपमा खरिद गर्न सकिने छ। यो संग्रह नोभेम्बरमा “छानिएका बजारहरूमा” उपलब्ध हुने उल्लेख गरिएको छ।

“धेरै खेलाडीहरूले सम्झने मूल एक्सबक्स र ओजी ग्रीन बाट प्रेरणा लिँदै, पहिलो पटक हामी एक्सबक्स सिरिज एक्समा ट्रान्सलुसेन्ट (अर्ध पारदर्शी) डिजाइन ल्याइरहेका छौं” भीपी नेक्स्ट जेनेरेसनका जेसन रोनाल्डले घोषणामा लेखेको उल्लेख गरिएको छ।

“एक्सबक्स सिरिज एक्सको पावर (शक्ति) र पर्फर्मेन्स (प्रदर्शन) को साथमा १ टीबी स्टोरेज समावेश गर्दै एक्सबक्स सिरिज एक्स २५ लिमिटेड एडिशनले हाम्रो इतिहासलाई सम्मान गर्दछ भने कन्सोलको डिजाइनले हामी कहाँ थियौं र यात्रामा अहिले सम्म हामीसँग भएको समुदायलाई प्रतिबिम्बित गर्दछ” भनि थप उल्लेख गरेका छन्।

साथै नयाँ डिजाइनमा हरियो रङ्गलाई उज्यालो पार्ने “एक्स” बटन जस्तो एक्सबक्सको विगतका धेरै संकेतहरू समावेश गरिएका छन् भने कन्ट्रोलरमा मूल एबीएक्सवाई रङहरू हुनेछन्। “समुदायलाई धन्यवादको रूपमा प्रयोगकर्ताले केही लुकेका आश्चर्यहरू पनि प्रप्त गर्नेछन्” रोनाल्डले थप लेखेको उल्लेख गरिएको छ।

एक्सबक्सले मूल्य निर्धारण र उपलब्धताको बारेमा थप जानकारी चाँडै आउँदैछ भनी बताएको इनग्याजेटले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...