एप्पलले आईओएस २७ को साथ नयाँ कारप्ले सुविधाहरू प्रस्तुत गर्यो, भिडियो एपहरूलाई अनुमति दिइने

  • Technology Khabar | २७ जेष्ठ २०८३, बुधबार
एप्पलले आईओएस २७ को साथ नयाँ कारप्ले सुविधाहरू प्रस्तुत गर्यो, भिडियो एपहरूलाई अनुमति दिइने
फोटो सौजन्यः एरिनाइभी

काठमाडौं ।

एप्पलले वार्षिक डब्ल्यूडब्ल्यूडीसीमा आईओएस २७, आईप्याडओएस २७, म्याकओएस २७, वाचओएस २७ र भिजनओएस २७ प्रस्तुत गरेको छ। मुख्य भाषण सधैं जस्तै विकासकर्ता पक्षमा ध्यान केन्द्रित भए तापनि एप्पलले कार्यक्रमा ब्रान्ड–न्यू एआई–संचालित सिरीको साथ पखाईमा रहेका केही नयाँ सुविधाहरूको बारेमा जानकारीहरु प्रदान गराएको छ।

एप्पलले मुख्य भाषणमा कारप्लेको बारेमा पनि जानकारी प्रदान गरेको छ। एप्पलले कारप्लेको नाउ प्लेइङ इन्टरफेस भित्र अडियो स्क्रबिङ्ग, राम्रो जीपीएस एक्युरेसी र नेभिगेसन, एपहरू भित्र अडियोको लागि मिनी–प्लेयर र सामान्य स्थिरता सुधारहरू सहित केही नयाँ सुविधाहरू प्रस्तुत गरेको छ। साथै ती मध्य सबैभन्दा उल्लेखनीय अपग्रेड भनेको भिडियो एप्स भएको एरिनाइभीले रिपोर्ट गरेको छ।

एप्पलले अन्ततः विकासकर्ताहरूलाई भिडियोहरू स्ट्रिम गर्न सक्ने कारप्ले एपहरू सिर्जना गर्न अनुमति दिइरहेको छ र प्रयोगकर्ताहरूलाई एयरप्ले प्रयोग गरेर आफ्नो आईफोन बाट सिधै भिडियोहरू स्ट्रिम गर्न अनुमति दिएको छ। तर गाडी स्थिर हुँदा मात्र भिडियो प्लेब्याकको अनुमति दिइने थप उल्लेख गरिएको छ।

आईफोन १५ प्रो/प्रो म्याक्स वा नयाँ डिभाइससँग पयर गर्दा सिरी एआई सिधै कारप्लेमा पनि उपलब्ध हुनेछ।

सबै नयाँ सुविधाहरू आईओएस २७ चल्ने आईफोनहरूमा आउनेछन् भने तिनीहरु पहिले नै विकासकर्ता बिटा कार्यक्रम मार्फत उपलब्ध भएको उल्लेख गरिएको छ। नयाँ आईफोन १८ सिरिजसँगै सेप्टेम्बरमा सबै प्रयोगकर्ताहरूको लागि “स्थिर” चरणमा पुग्नु अघि आगामी महिनामा सार्वजनिक बिटा खुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार