एसरले तीन नयाँ आइकोनिया डुओ ट्याब्लेटहरू अनावरण गर्यो

  • Technology Khabar | २२ जेष्ठ २०८३, शुक्रबार
एसरले तीन नयाँ आइकोनिया डुओ ट्याब्लेटहरू अनावरण गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एसरले एन्ड्रोइडमा चल्ने तीन नयाँ आइकोनिया डुओ ट्याब्लेटहरूको घोषणा गरेको छ।

ट्याब्लेटको सूचीको सबैभन्दा आईकोनिया डुओ एस१४ रहेको छ। यो ट्याब्लेटमा २,८८० × १,८४० पिक्सेल रिजोलुसन भएको १४.२–इन्चको ओएलईडी स्क्रिन रहेको छ। स्क्रिनको ३ः२ आसपेक्ट रेसियोले गर्दा यो ट्याब्लेट उत्पादकताको लागि उपयुक्त हुने उल्लेख गरिएको छ।

त्यसैगरी ट्याब्लेटमा मिडियाटेक डाइमेन्सिटी ८३०० चिपसेट, ८जीबी र्याम र २५६जीबी सम्मको आन्तरिक स्टोरेज समावेश गरिएको छ। साथै स्टोरेज १टीबी सम्मको माइक्रोएसडी कार्ड मार्फत विस्तार गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

थप रूपमा, एस१४ ले दुईओटा यूएसबी–सी पोर्टहरूको अतिरिक्त दुई–तर्फी डिस्प्लेपोर्ट पनि प्रदान गर्दछ। ट्याब्लेटलाई केवल एक स्ट्यान्डअलोन डिभाइसको रूपमा मात्र नभइ बाह्य स्क्रिनको रूपमा पनि प्रयोग गर्न सकिनेछ।

ट्याब्लेटमा क्वाड–स्पीकर सेटअप, २०वाट यूएसबी–पीडी चार्जिङ र १०,००० एमएएच ब्याट्री समावेश गरिएको छ।

एसरको दोस्रो प्रस्ताव आइकोनिया डुओ एस१२ रहेको छ। यो ट्याब्लेटमा ३ः२ आसपेक्ट रेसियो र १२० हर्ज रिफ्रेस रेटको साथ उही ओएलईडी डिस्प्ले समावेश गरिएको छ। तर एस१२ मा सानो १२.२–इन्चको डिस्प्ले र केवल एउटा यूएसबी–सी पोर्ट रहेको छ। साथै ट्याब्लेटमा कम शक्तिशाली डाइमेन्सिटी ७४०० एसओसीको साथ ८,००० एमएएचको कम क्षमताको ब्याट्री समावेश गरिएको छ।

एसरको तेस्रो प्रस्ताव आइकोनिया डुओ डी१२मा २,४०० × १,६०० पिक्सेल रिजोल्युसन भएको १२.२–इन्चको एलसीडी प्यानल रहेको छ। यो अन्य दुईओटा ट्याब्लेटको बजेट विकल्प भएको हुनाले डी१२मा ८जीबी र्यामको साथमा कम शक्तिशाली मिडियाटेक हेलियो जी९९ चिपसेट समावेश गरिएको छ। एसरले यो ट्याब्लेटमा पनि एस१२ को जस्तै ८,००० एमएएच ब्याट्री समावेश गरेको छ।

उत्तर अमेरिका नयाँ ट्याब्लेटहरू प्राप्त गर्ने पहिलो बजार हुनेछ। आगामी अगस्टदेखि आइकोनिया डुओ एस१२ र डुओ डी१२ उपलब्ध हुनेछ भने एस१४ सेप्टेम्बरको अन्त्यदेखि बजारमा आउने बताइएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार