
काठमाडौं ।
सामसङले यो वर्ष ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा गरी दुईओटा पुस्तक–शैलीका फोल्डिङ स्मार्टफोनहरू लन्च गर्ने हल्ला चलिरहेको छ।
फोल्ड८ लाई पहिले फोल्ड८ वाइड भनिन्थ्यो भने फोल्ड८ अल्ट्राको नाम फोल्ड८ रहेको थियो। साथै गत महिना मात्र डिभाइसहरुको नाम परिवर्तन भएको थियो। डिभाइसहरुको नाम परिवर्तनको बारेमा सामसङबाट कुनै आधिकारिक पुष्टि नभए पनि अब फोल्ड८ अल्ट्रा मोनिकर (नाम/लेबल) वास्तविक भएको थाहा हुन आएको छ।
यो पुष्टि ब्लुटुथ एसआईजीबाट आएको बताइएको छ। साथै फोल्डेबल प्रमाणित गरेपछि सामसङ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रालाई आफ्नो डाटाबेसमा सूचीबद्ध पनि गरेको छ।
डाटाबेसले फोल्ड८ अल्ट्राको कुनै पनि स्पेसिफिकेसनहरूको खुलासा नगरेको भए तापनि स्मार्टफोनको एससी–५६जी, एससीजी३९, एसएम–एफ९७६सी, एसएम–एफ९७६क्यू, र एसएम–एफ९७६जेड गरी पाँचओटा मोडेल नम्बरहरूको खुलासा गरेको छ।
सामसङ ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रामा ४५वाट वायर्ड चार्जिङलाई समर्थन गर्ने ५,००० एमएएच ब्याट्री र २१५ ग्राम तौल हुने अफवाहहरू दाबी गरेका छन्। यो स्मार्टफोन अनफोल्ड गर्दा ४.१ एमएम मापन हुनेछ र आफ्नो पूर्ववर्ती ग्यालेक्सी जेड फोल्ड७ भन्दा ०.१ एमएम पातलो हुने बताइएको छ।
अर्कोतर्फ, सामसङ ग्यालेक्सी जेड फोल्ड८ भने ४,८०० एमएएच ब्याट्रीको साथ आउनेछ र अल्ट्रा मोडेल जस्तै चार्जिङ गति हुने बताइएको छ।
डिभाइसको तौल २०१ ग्राम हुनेछ भने २४मेगापिक्सेल मोडको लागि नेटिभ समर्थनको साथ नयाँ ५० मेगापिक्सेलको क्यामरा रहेने बताइएको छ।
फोल्ड८ र फोल्ड८ अल्ट्रामा डिस्प्ले क्रिजहरू ओप्पो फाइन्ड एन६ को जस्तै न्यूनतम हुने हल्ला छ।
सामसङ आगामी महिनामा ग्यालेक्सी जेड फ्लिप८ सँगसँगै लन्डनमा एक कार्यक्रममा यी स्मार्टफोनहरू लन्च गर्ने हल्ला रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार