एनभिडियाले आरटीएक्स स्पार्क कम्प्युटर चिप अनावरण गर्यो

  • Technology Khabar | १९ जेष्ठ २०८३, मंगलवार
एनभिडियाले आरटीएक्स स्पार्क कम्प्युटर चिप अनावरण गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एनभिडियाले कम्प्युटेक्स २०२६ मञ्चमा आफ्नो आरटीएक्स स्पार्क अनावरण गर्दै अत्यधिक प्रतिक्षित उपभोक्ता चिप बजारमा प्रवेश गरेको छ। यो चिपसेटले एक शक्तिशाली र कुशल एआरएम सीपीयूलाई आरटीएक्स जीपीयूसँग मर्ज गर्दछ।

आरटीएक्स स्पार्क सुपरचिपले एनभिडिया ग्रेस सीपीयूलाई २० ओटा कोरहरुको साथ एनभिडिया ब्ल्याकवेल जीपीयूलाई ६,१४४ सीयूडीए कोरहरु र १२८जीबी सम्मको छिटो, एलपीडीडीआर५एक्स एकीकृत मेमोरीसँग मर्ज गर्दछ।

प्रोसेसर डीजीएक्स स्पार्क प्लेटफर्म भित्र एनभिडियाको जीबी१० चिपमा आधारित रहेको छ भने यो कस्टम उबुन्टु लिनक्स चलाउने उद्यम–उद्देश्यीय मिनी–पीसीहरूको वर्ग भएको उल्लेख गरिएको छ। साथै जीपीयू सीयूडीए कोरको समान मात्रा भएको मूलतः आरटीएक्स ५०७० (नन्–टीआई) भएको बताइएको छ। चिपले टीएसएमसीको ३एनएम नोड प्रयोग गर्दछ।

आरटीएक्स स्पार्क निस्सन्देह कन्टेन्ट क्रियसन (सामग्री निर्माण) र गेमिङ कम्प्युटरहरूको लागि उपयुक्त भएको बताउँदै एनभिडियाका सीईओ जेन्सेन हुआङले प्रयोगकर्ताको कम्प्युटरमा स्थानीय रूपमा एआई एजेन्टहरू चलाउने कुरामा ध्यान केन्द्रित गरिएको बताएका छन्।

एआई एजेन्टहरू एलएलएमहरू (ठूला भाषा मोडेलहरू) बाट अर्को चरण भएको र माग अनुसार जटिल उत्पादन गर्न सकिने बताइएको छ। साथै तिनीहरूलाई शक्तिशाली प्रोसेसिङ र धेरै मेमोरी दुवै चाहिने भएकाले १२८जीबी एकीकृत मेमोरी उपयुक्त हुने उल्लेख गरिएको छ।

आरटीएक्स स्पार्क स्लिम र शक्तिशाली ल्यापटपहरूको लागि लक्षित गरिएको छ। एनभिडियाले एसर, आसुस, डेल, गिगाबाइट, एचपी, लेनोभो, एमएसआई र माइक्रोसफ्ट सँग साझेदारी गरेको छ। साथै कम्पनीले यो एसओसीसहितको आफ्नो सबैभन्दा शक्तिशाली ल्यापटप, सर्फेस ल्यापटप अल्ट्रा प्रस्तुत गर्नेछ।

हाल चिपको मूल्यको बारेमा अहिलेसम्म कुनै जानकारी उपलब्ध नभएको तर यो महँगो हुने उल्लेख गरिएको छ। सन्दर्भको लागि, एनभिडियाको डीजीएक्स स्पार्कको मूल्य ३,५०० अमेरिकी डलर र ४,७०० अमेरिकी डलर बीच रहेको छ र यसलाई १२८जीबी र्याम सम्म कन्फिगर गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार