
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षदेखि स्मार्ट कार्डहरुमा हरित कर लगाउने भएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक विद्येयक २०८३ प्रस्तुत गर्दै उक्त कर लगाउने घोषणा गरेका हुन्।
विद्येयककाअनुसार आगामी आर्थिक वर्षदेखि स्मार्ट कार्डको सूचीअन्तरगत सिम कार्ड तथा मेमोरी कार्डहरुको आयातमा हरित कर लगाईनेछ।
हरित करअन्तरगत सरकारले दुबै प्रकारका कार्डहरुमा १० प्रतिशतको दरले कर असुल गर्नेछ।
हालसम्म यस्तो कर अन्तशुल्कको नाममा सरकारले लिँदै आएको थियो भने आगामी वर्षदेखि स्मार्ट कार्डमा सरकारले हरित करको नाममा सोही दरको कर असुल गर्नेछ।
यसका साथै टेलिभिजन क्यामरा, डिजिटल क्यामरा, सिसिटिभी क्यामरा लगायतमा पनि ५ प्रतिशतले हरित कर लाग्नेछ।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार