
काठमाडौं ।
कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन विस्तार तथा भिडियो कन्सल्टेशनमार्फत् विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गरिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
सबै स्वास्थ्य संस्थाहरुमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल कार्यान्वयनमा ल्याउनेछाैं’, मन्त्री वाग्लेले भने।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार