
काठमाडौं ।
सरकारले स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा जोड्नका लागि तथा नवप्रवर्तन नेपाल इन्टरप्राइज फ्यासिलिटी इन्क्यूबेसन स्थापना गरिने घोषणा गरेको छ।
यसले नविन वित्तिय पहिचान र पहुँच स्वदेशी उत्पादन पहिचान लगायतका कार्य गर्नेछ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि तथा नविनतम व्यवसाय गर्न चाहने १ हजार जनालाई व्यवसायलाई सहुलियत गरिने घोषणा गरे।
विज्ञान तथा नवप्रवर्तनका लागि ४ अर्ब रुपैयाँ तथा नेपाल इन्टरप्राइज फ्यासिलिटी इन्कयूबेसन स्थापना गर्न ५० करोड रुपैयाँ बजेटको घोषणा अर्थमन्त्री वाग्लले गरे।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार