
काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले ३५ ओटा नगरपालिकबाट जग्गा प्रशासनसम्बन्धी एकीकृत सेवा सुरु गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै घर–जग्गाको खरिद–बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर–जग्गा रोक्का–फुकुवा, खरिद–बिक्रि र राजस्व भुक्तानी अनलाइन प्रणालीमार्फत गरिने जानकारी दिएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार