नेपाल टेलिकमको ६६ प्रतिशत शेयर राखेर बाँकी शेयर सर्वसाधारणमा जारी गर्ने

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
नेपाल टेलिकमको ६६ प्रतिशत शेयर राखेर बाँकी शेयर सर्वसाधारणमा जारी गर्ने

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत शेयर राखेर बाँकी शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधि पूर्वाधारलाई विस्तार गर्ने बताए। नेपाल टेलिकमको शेयर बेचेर आएको रकम सूचना प्रविधि बिस्तारमा खर्च गरिने बताएका छन्।

यस्तो कार्य यसै वर्ष पुस मसान्तसम्ममा सम्पन्न गरिने बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...