
काठमाडौं ।
विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा नयाँ स्मार्टफोन ‘शाओमी १७टी’ को प्रि–अर्डर खुला गरेको छ। आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो।
क्यामरा तथा फोटोग्राफीः शाओमी १७टीमा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामरा सेटअप रहेको छ।
उक्त ट्रिपल क्यामरा सेटअपमा ५० मेगापिक्सेलको मुख्य क्यामरा, लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको हुनाले त्यसले फोटोमा अझ स्पष्ट विवरण, गहिराइ र उत्कृष्ट डायनामिक रेन्ज प्रदान गर्नेछ।
यो स्मार्टफोनमा लाइका ५ एक्स टेलिफोटो क्यामरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा तथा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध रहेको र तिनीहरुले उच्च रिजोल्युसनका तस्बिर तथा उत्कृष्ट भिडियो रेकर्डिब अनुभव प्रदान गर्ने बताइएको छ।
डिजाइन तथा डिस्प्लेः शाओमी १७टीमा ६.५९ इन्चको १.५के एएमओएलईडी (एमोलेड) डिस्प्ले रहेको छ र अधिकतम ३५०० निट्स ब्राइटनेस उपलब्ध भएकाले बाहिरी उज्यालोमा पनि सहज रूपमा प्रयोग गर्न सकिनेछ।
डिस्प्लमा शाओमी भिजन केयर, ३८४० हर्ज पीडब्लुएम डिमिब तथा डीसी डिमिब जस्ता आँखाको सुरक्षासम्बन्धी विशेषता समावेश गरिएका छन्। १२० हर्ज रिफ्रेस रेटले फोनको प्रदर्शनलाई अझ स्मुथ बनाउने बताइएको छ।
करीब २०० ग्राम तौल रहेको यो स्मार्टफोन आईपी६८ प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट पनि सुरक्षित रहने उल्लेख गरिएको छ।
ब्याट्री तथा प्रदर्शनः ६५०० एमएएच क्षमताको ब्याट्री रहेको शाओमी १७टीले ६७ वाट हाइपरचार्ज तथा २२.५ वाट वायर्ड रिभर्स चार्जिङ सपोर्ट गर्दछ।
यो स्मार्टफोनमा शक्तिशाली प्रदर्शन प्रदान गर्ने ४ एनएम मिडियाटेक डाइमेन्सिटी ८५००–अल्ट्रा फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ। शाओमीको उन्नत थ्रीडी आइसलुप कुलिङ सिस्टमले गेमिङ तथा लाइभ स्ट्रिमिङ जस्ता भारी प्रयोगका समयमा फोनलाई चिसो राख्न र स्थिर प्रदर्शन कायम गर्न मद्दत गर्दछ।
अडियो तथा कनेक्टिभिटीः डुअल स्टेरियो स्पिकरसहित शाओमी १७टीले उत्कृष्ट अडियो अनुभव प्रदान गर्ने बताइएको छ।
यो स्मार्टफोनले वाई–फाई (६ई) डुअल सिम तथा एनएफसी सपोर्ट गर्ने भएकाले नेटवर्क कनेक्टिभिटी, सिग्नल क्षमता तथा प्रयोगको लचकता अझ राम्रो बनाउने थप उल्लेख गरिएको छ।
उपलब्धताः शाओमी १७ टी भायोलेट, ब्लु र ब्ल्याक गरी तीन आकर्षक रङ्गमा तथा १२ जीबी + ५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ।
यो स्मार्टफोनको प्रि–अर्डर गर्दा ग्राहकहरूले रु. ५,५०० बराबरको विशेष अफर प्राप्त गर्नेछन् भने रेड्मी बड्स ६प्ले (मूल्य रु. २,४९९) र शाओमी ट्याग (मूल्य रु. २,९९९) निःशुल्क प्रदान गरिने बताइएको छ। साथै प्रि–अर्डर २९ मे देखि ६ जुन २०२६ सम्म खुला रहनेछ। शाओमी १७टीको नेपाली बजार मूल्य रु. ८९,९९९ तोकिएको छ।
प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार