कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान: बागमतीको सबैभन्दा धेरै, कर्णालीको सबैभन्दा कम रहने अनुमान

  • Technology Khabar | १० जेष्ठ २०८३, आईतवार
कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान: बागमतीको सबैभन्दा धेरै, कर्णालीको सबैभन्दा कम रहने अनुमान

काठमाडौं ।

कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान बागमतीमा सबैभन्दा धेरै, कर्णालीमा सबैभन्दा कम रहेको पाइएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखाका प्रारम्भिक अनुमानमा यस्तो देखिएको हो।

अर्थतन्त्रका विविध पक्षलाई मापन गरी आर्थिक नीति निर्माण गर्न र आर्थिक विकासका गतिविधिको अनुगमन तथा मूल्यांकन गर्नका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले नियमित रुपमा राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादन लगायतका समष्टिगत आर्थिक सूचकहरू सार्वजनिक गर्दै आएको छ।

राष्ट्रिय लेखाका प्रारम्भिक अनुमानमा देशभरमा समग्र कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड ८० लाख रहेको छ। त्यसमध्ये बागमतीको कुल गार्हस्थ्य उत्पादन २४ खर्ब २३ अर्ब १२ करोड २० लाख रुपैयाँ छ भने त्यसमध्ये सूचना तथा सञ्चार क्षेत्रको योगदान ३४ अर्ब ८९ करोड ३० लाख रहेको पाइएको छ। यो योगदान प्रदेशहरुमध्येको सबैभन्दा कम हो।

यसैगरी कर्णालीको कुल गार्हस्थ्य उत्पादन २७ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ छ भने त्यसमध्ये सूचना तथा सञ्चार क्षेत्रको योगदान ३ अर्ब १७ करोड ८० लाख रहेको पाइएको छ। यो योगदान प्रदेशहरुमध्येको सबैभन्दा कम हो।

कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन १० खर्ब ४३ अर्ब ११ करोड ६० लाख रहेकोमा सूचना तथा सञ्चार क्षेत्रको योगदान १८ अर्ब ६७ करोड ८० लाख रहेको छ।

यसैगरी गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ६ खर्ब ९२ अर्ब ६७ करोड ५० रहेकोमा सूचना तथा सञ्चार क्षेत्रको योगदान १२ अर्ब १७ करोड ३० लाख रहने प्रतिवेदनमा उल्लेख छ।

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब ३३ करोड १० रहेकोमा सूचना तथा सञ्चार क्षेत्रको योगदान १८ अर्ब ९४ करोड ८० लाख रहने प्रतिवेदनमा उल्लेख छ।

लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३६ अर्ब ७१ करोड ८० रहेकोमा सूचना तथा सञ्चार क्षेत्रको योगदान १७ अर्ब ५३ करोड ९० लाख रहने प्रतिवेदनमा उल्लेख छ।

सुदूर पश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४  खर्ब  ८३ अर्ब ८८ करोड ६० रहेकोमा सूचना तथा सञ्चार क्षेत्रको योगदान ६ अर्ब ३१ करोड ३० लाख रहने प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १० जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×