
काठमाडौं ।
शाओमी १७ सिरिजमा म्याक्स उपनाम भएको चौथो नयाँ सदस्य प्रस्तुत गरिएको छ। शाओमी १७ म्याक्सले शाओमी १७ प्रो म्याक्समा रहेको पछाडिको स्क्रिनलाई हटाएर उच्च रिजोल्युसनको २०० मेगापिक्सेलको मुख्य क्यामरा र ठूलो ८,००० एमएएच सिलिकन–कार्बाइड ब्याट्री समावेश गरेको छ।
शाओमीका अनुसार १७ म्याक्सको ब्याट्री २ दिन भन्दा बढी सामान्य प्रयोगको लागि उपयुक्त हुने बताएको छ र डिभाइसमा रहेको ब्याट्रीले १,६०० चार्जिङ चक्र पछि पनि आफ्नो ८० प्रतिशत सम्म चार्ज कायम राख्न सक्ने भएको हुनाले यो दैनिक प्रयोगको ४ वर्ष भन्दा बढी अवधि भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
डिभाइसको ब्याट्रीलाई केबल मार्फत १००वाट सम्मको गतिमा र केबल बिना ५०वाट सम्मको गतिमा रिचार्ज गर्न सकिनेछ। साथै १७ म्याक्सले अन्य डिभाइसहरूको लागि २२.५वाट सम्मको रिभर्स वायर्ड चार्जिङ पनि प्रदान गर्न सक्नेछ।
शाओमी १७ म्याक्समा क्वालकमको फ्ल्यागशिप स्न्यापड्रागन ८ एलिट जेन ५ चिप, १६ जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र ५१२ जीबी युएएफएस ४.१ स्टोरेज समावेश गरिएको छ।
नामकरण अनुसार १७ म्याक्समा २,६०८ × १,२०० पिक्सेल रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट भएको ६.९ इन्चको एएमओएलईडी डिस्प्ले रहेको छ। प्यानललाई ३,५०० निट्ससम्मको पीक ब्राइटनेसमा मूल्याङ्कन गरिएको छ र पञ्च होल कटआउट भित्र ३२ मेगापिक्सेलको सेल्फी क्यामरा र अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर रहेको छ।
शाओमी १७ म्याक्स पछाडि माथि उल्लिखित २०० मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको छ र यो सामसङको एचपी९ सेन्सरले सुसज्जित रहेको छ। यो मुख्य क्यामराले १३.५ईभी सम्मको डाइनामिक रेञ्ज, एफ÷१.६५ एपर्चर र ओआईएसलाई समर्थन गर्दछ। त्यसैगरी डिभाइस्मा म्याक्रो फोटोग्राफीको लागि उपयुक्त ५० मेगापिक्सेल ३× टेलिफोटो लेन्स रहेको छ। साथै तेस्रो शूटर १७ एमएम बराबरको ५० मेगापिक्सेल अल्ट्रावाइड रहेको छ।
सफ्टवेयरतर्फ एन्ड्रोइड १६ मा आधारित हाइपरओएस ३ समावेश गरिएको र फोनमा पूर्ण आईपी६८/आईपी६९ इनग्रेस सुरक्षा पनि रहेको छ।
शाओमी १७ म्याक्स कालो, सेतो र नीलो रङ्गहरूमा उपलब्ध हुनेछ। १७ म्याक्सको १२/२५६जीबी ट्रिमको लागि चीनमा ४,७९९ चिनियाँ युआन (७०५ अमेरिकी डलर/६०९ यूरो ) बाट मूल्य सुरु हुन्छ भने १६/५१२जीबी ट्रिमको लागि ५,७९९ चिनियाँ युआन (८५३ अमेरिकी डलर/७३५ यूरो) मूल्य कायम गरिएको छ।
प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार