ब्याट्री ब्रान्ड एसटीसी राइड र एसटीसी इनर्जीको ब्रान्ड एम्बासडरमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु

  • Technology Khabar | ९ जेष्ठ २०८३, शनिबार
ब्याट्री ब्रान्ड एसटीसी राइड र एसटीसी इनर्जीको ब्रान्ड एम्बासडरमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु

काठमाडौं ।

स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ।

गत सोमबार जेठ ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष साइनिङ समारोहमार्फत राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक सम्झौता सम्पन्न गरिएको हो।

सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने राष्ट्रिय टोलीसँग आबद्ध खेलाडी मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरिएको छ।

नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसी ग्रुपले विगत लामो समयदेखि गुस्तरीय तथा भरपर्दो ऊर्जा समाधान उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले आधुनिक प्रविधिमा आधारित ब्याट्री उत्पादनमार्फत नेपाली बजारमा आफ्नो विश्वसनीय पहिचान स्थापित गरेको बताएको छ।

कम्पनीका प्रमुख उत्पादनहरू एसटीसी राइड तथा एसटीसी इनर्जी पूर्ण रूपमा मेड इन नेपाल ब्याट्री ब्रान्डहरू हुन्।

कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए। कम्पनीले खेलकुद क्षेत्र र यपुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...