
काठमाडौं ।
आईकूले १५टी स्मार्टफोनको साथमा प्याड६ प्रो ट्याब्लेट पनि अनावरण गरेको छ। यो प्याड६ प्रो ट्याब्लेट वास्तवमा गत मार्च महिनाको अन्त्यमा आधिकारिक रूपमा रिब्रान्ड गरिएको भिभो प्याड६ प्रो भएको बताइएको छ।
गत मार्च महिनाको भिभो प्याड६ प्रोमा जस्तै आईकूको यो ट्याब्लेटेमा पनि ३८४०ह२५१२ रिजोल्युसन, १४४हर्ज रिफ्रेस रेट र ५४०हर्ज टच स्याम्पलिङ रेट भएको १३.२ इन्चको एलसीडी स्क्रिन रहेको छ।
आईकू प्याड६ प्रोमा स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी, १३मेगापिक्सेल रियर क्यामरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामरा, आठ स्पिकरहरू र ६६वाट वायर्ड चार्जिङको लागि समर्थन सहितको १३,००० एमएएच ब्याट्री समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
आईकू प्याड६ प्रोको ८जीबी र्याम र २५६जीबी स्टोरेजको मूल्य ४,४९९ चिनियाँ युआन (६६० अमेरिकी डलर) रहेको छ भने १२जीबी र्याम र २५६जीबी स्टोरेजको मूल्य ४,९९९ चिनियाँ युआन (७३३ अमेरिकी डलर) कायम गरिएको छ। त्यसैगरी आईकू प्याड६ प्रोको १२जीबी र्याम र ५१२जीबी स्टोरेजको मूल्य ५,७९९ चिनियाँ युआन (४८५० अमेरिकी डलर) रहेको छ भने १६जीबी र्याम र ५१२जीबी स्टोरेजको मूल्य ६,६९९ चिनियाँ युआन (९८२ अमेरिकी डलर) कायम गरिएको छ।
ट्याब्लेटको मापन २९७.०३ × १९९.८२ × ६.१८ एमएम र तौल ६६३ ग्राम रहेको छ भने यो डिभाइस चीन बाहिर लन्च हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन।
प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार