अब च्याटजीपीटी माइक्रोसफ्ट पावरपोइन्टमा पनि उपलब्ध हुने

  • Technology Khabar | ९ जेष्ठ २०८३, शनिबार
अब च्याटजीपीटी माइक्रोसफ्ट पावरपोइन्टमा पनि उपलब्ध हुने

काठमाडौं ।

अब ओपनएआईले च्याटजीपीटीलाई माइक्रोसफ्ट पावरपोइन्टमा पनि प्रयोग गर्न सकिने बनाएको छ। कम्पनीले घोषणा गरेअनुसार अब च्याटजीपीटीले नयाँ प्रस्तुति स्लाइड तयार गर्नका साथै पहिलेका स्लाइड सम्पादन र अद्यावधिक गर्न पनि सक्छ।

इन्ग्याजेटका अनुसार च्याटजीपीटीका धेरै सुविधाजस्तै यसले पनि प्राकृतिक भाषामा दिइने निर्देशनका आधारमा काम गर्छ वा जीमेल, आउटलूक र शेयरपोइन्टजस्ता जडान गरिएका सेवाबाट सामग्री तान्न सक्छ। पावरपोइन्ट सुविधा हाल बिटा संस्करणमा उपलब्ध छ, तर निःशुल्क पहुँच प्रयोगकर्ता तथा कर्पोरेट केन्द्रित च्याटजीपीटी बिजनेस सदस्यसहित अधिकांश ओपनएआईले प्रयोगकर्ताले अहिले नै यसलाई प्रयोग गर्न सक्नेछन्।

यो सुविधा प्रतिस्पर्धी एन्थ्रोपिकले आफ्नो क्लोड च्याटबोटमार्फत गत सेप्टेम्बरदेखि उपलब्ध गराउँदै आएको थियो। गुगलको जेमिनी पनि कम्पनीको स्लाइड्स प्लेटफर्मसँग एकीकृत छ।

उच्च मूल्यांकनसहित सम्भावित आईपीओको तयारी गरिरहेको ओपनएआईले प्रतिस्पर्धी कम्पनीका धेरैभन्दा धेरै सुविधा आफ्ना सेवामा थप्ने प्रयास गरिरहेको देखिन्छ। च्याटजीपीटी पहिले नै माइक्रोसफ्ट एक्सेल र गुगल शीट्सजस्ता अन्य व्यावसायिक उपकरणमा उपलब्ध भइसकेको अवस्थामा पावरपोइन्ट यसअघि अपवादजस्तै थियो।

प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ९ जेष्ठ २०८३, शनिबार